हरि मानन्धर, इजरायल , कार्तिक १,
२००६ को इजरायल विरोधी सँगठनहरूले गरेको आक्रमणका बेला इजरायलको दक्षिणमा अवस्थित एरेज बोर्डरमा सुरक्षा दिईरहेको अवस्थामा प्यालेष्टिनियन सँगठनकाहरूले समातेर लगेका इजरायली फोर्सका युवा गिलाद सलितको आज विशेष सम्झौताका साथ छुटेर घर फर्कदैछन् । यहि अवसरमा आजै ४७७ प्यालेष्टिनीहरू पनि इजरायलका विभिन्न कारागरबाट उनिहरूकै घर फर्कदैछन् । भने २ महिना भित्रमा सम्झौता गरिए बमोजिमका १०२७ जना प्यालेस्टिनी बन्दीहरू मध्ये बाकी ५५० बन्दीहरू पनि घर फर्कने तैयारीमा रहेका छन् ।
एकातिर पाँच बर्ष भन्दा नारकिय जीवन विताएर घर फर्कदै गरेका गिलाद सलितको स्वागतमा इजरायल खुशीले गदगद रमार्इरहेको छ भने, अर्कोतिर गिलाद सलितसँगै पक्राउ गरेर लगेका अन्य दुई जनाको हत्या गरेको विरोधमा उनिहरूको परिवार तथा समर्थकहरले उनिहरूलार्इ मृत्युडण्ड दिने ती आतंककारीहरूलाई छाड्न नहुने भन्दै सडकमा उत्रेका छन् ।
गिलाद सलितलाई आजै गाजाबाट इजरायलको दक्षिण राफा बोर्डरबाट इजिप्ट ल्याइने छ भने इजिप्टमै इजरायलका स्वास्थ्यकर्मीहरूले चेकजाँच गर्ने तथा इजरायली सुरक्षा अधिकारीहरूले समेत भेट्न तम्तैयार रहेका छन् ।
गिलाद सलितको एक जीवनसँग इजरायलले गरेको यो सम्झौता इजरायलको लागि भारी चुनौती समेत बन्न सक्ने सम्भावना नभएको होइन । यस्तै चुनौतीहरू बीच पनि मानवीय मुल्य र मान्यताका खातिर इजरायलले यो सम्झौता गरेको हो । यस सम्झौताका लागि हिजो सोमबार गरिएको पोल सर्भेमा ७९ प्रतिशत इजरायलीहरूले समर्थन गरेका थिए भने १४ प्रतिशत इजरायलीहरू यस सम्झौताको विरूद्धमा देखिएका थिए ।