सुबास लामिछाने ,
तनहुँ कार्तिक ८ तनहुँको नयाँटारमा गय राति ट्रयाक्टर दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ अरु चारजना घाइते भएका छन् । भिमादबाट गडौलिटार तर्फ जाँदै गइरहेको ना.३त ४१४७ नंको ट्र्याक्टर घिरिङ सुन्धारा गाविसको नयाँटारमा पछाडिको ट्रली फुस्किपछि भएको दुर्घटनामासोही ठाउँका ९ वर्षीय टुकराज कुमालको ज्यान गएकोे जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घाइतेहरूको प्राथमिक स्वास्थ्य केन्द्र भिमादमा उपचार भइरहेको छ ।।