Responsive Ad Slot

latest

नवलपरासीमा भएको दुर्घटनामा दुईको मृत्यु ।।

Thursday, October 20

/ by Admin BHOLA THAPA

राजेश सहानी,
नवलपरासी कार्तिक ३
पूर्वपश्चिम राजमार्ग अन्तरगत नवलपरासीको दिव्यपुरमा गएराति भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परि मृत्यु हुनेमा नवलपरासीको कुमारवती १ निवासी २५ बर्षीय गोविन्द ढुंगाना र गोर्खा जिल्लाको गोरलां ७ बस्ने ३० वर्षका अर्जुन श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ । नारायणगढबाट कावासोतीतर्फ आउंदै गरेको ना ९ प ६३६० मोटरसाइलक रजहरको दिव्यपुरीमा विग्रिएर रोकी राखेको ना ४ ख १९१७ को ट्रकसँग ठक्कर खाँदा मोटरसाइलकमा सवार दुवै जनाको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय कावासोतीले जनाएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI