तनहुँ खबर संवाददाता
दुलेगौडा तनहुँ,
कार्तिक १४-नेपाली कांग्रेस दुलेगौडा गाऊ कार्यसमितिको आयोजनामा दुलेगौडामा वार्षिक साधारण भेला एवं क्रियशिल सदस्यता वितरण र वि.पि. स्मृति भवन निर्माण अर्थ संकलन सहयोग समिति गठन भयो । नेपाली कांग्रेस दुलेगौडा गाउँ कार्यसमितिका सभापति गोपीबहादुर गुरुङ्गको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा जिल्ला कार्यसमितिका आमन्त्रित सदस्य एवं कार्यक्रमका संयोजक बलबहादुर आलेले कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा ने.का. क्षेत्र नं. ३ सभापति महेश्वर भट्टराई, जिल्ला समितिका प्रवक्ता हरि वाग्ले, महाधिवेशन प्रतिनिधि शिव परियार, पूर्व महाधिवेशन प्रतिनिधि झपडबहादुर के.सी., क्षेत्रीय सदस्य रोजिना खातुन, क्षेत्रीय प्रतिनिधि अम्विका घिमिरे, दुलेगौडा ५ नं. वडा सभापति टिकाराम पौडेल लगायतले मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रमको स्वागत दुलेगौडा गाउँ कार्यसमितिका उपसभापति भक्त श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रम सचिव राजेश खनालले गर्नुभएको थियो । उक्त अवसरमा गोपीबहादुर गुरुङ्गको संयोजकत्वमा २१ सदस्यीय वि.पि. स्मृति भवन निर्माण अर्थ संकलन सहयोग समिति र १५ सदस्यीय सल्लाहाकार समिति समेत गठन गरिएको जानकारी प्रवक्त हरि वाग्लेले दिनुभयो ।