तनहु २७ असोज
तनहुँको पर्यटकीय नगरि वन्दीपुरको काखमा रहेको सिद्ध गुफामा पर्यटकको संख्या दिन प्रतिदिन बढ्दै जान थालेको छ । गुफा अवलोकन र गुफा भित्र रहेका वस्तुको खोजविन गर्नका लागि ृअहिले पर्यटकको सख्याँ वृद्धि भएको बताईएको छ । एसियाकै ठुलो दाबि गरिएको यो गुफा पृथ्वीराजर्मागको डुम्रेबाट २ किलोमिटर पुर्व विमलनगर माथि डाँडाँमा रहेको छ । बिमलनगरबाट करिब आधाघण्टाको यात्रा तय गरी पुगिने यस गुफामा पुगेपछि जो सुकै पर्यटक पनि मोहित हुने गर्दछन् ।गुफा भित्र रहेका विभिन्न जिवजन्तुको आकृति, भगवानका आकृति, चमेरो चरा, आर्कषकको केन्द्र विन्दु रहेको छ । करिव ४ सय मिटर लामो यस गुफा भित्र समय अनुसार विभिन्न खेल हुने गरेको सिद्धगुफा व्यवस्थापन समितिका अध्यक्ष लालकुमार श्रेष्ठले बताउनुभयो । पर्यटन वर्ष सन् २०११ मा यस गुफामा पर्यटकको संख्या वृद्धि हुँदा गुफा व्यवस्थापन समितिका पदाधिकारी समेत उत्साहित भएका छन् । अहिले गुफा अवलोकन गर्नका लागि दैनिक २ सय भन्दा बढि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । गुफा अवलोकन गर्न अमेरीकन, चाइनिज, फ्रान्स, जर्मन लगायतका देशबाट पर्यटकहरु आउने गरेको बताइएको छ ।