रामजी राना,
असोज २६ गते लमजुङ लागू औषध ओसारपोसारको मुद्दा खेपिरहेका लमजुङ बेँसीसहरका दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । बेँसीसहरको त्रिवेणीटोलस्थित वर्ष २८ का अर्जुन तामाड र बेसीशहर शेराका बर्ष २१ का शेखर शाहीलाई पक्राउ गरेको हो । तामाङलाई यही असोज १७ गते र शाहीलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । दुवैको मुद्दा रुपन्देही प्रहरी कार्यालयमा चलिरहेकाले उतै पठाइएको प्रहरी नायब उपरीक्षक सन्दिप भण्डारीले जानकारी दिनुभएको छ ।