Responsive Ad Slot

latest

जिल्ला कारागार काभ्रेका बन्दीहरुको अवस्था दयनीय बन्दै ।।

Tuesday, October 11

/ by Admin BHOLA THAPA
प्रकाश सुन्दास,
काभ्रे आश्विन २४
जिल्ला कारागार धुलिखेलका बन्दीहरुको अवस्था दयनीय बन्दै गएको छ । बन्दीहरु सुत्ने र शैचालय जाने पालो कुर्दैमा हैरान हुन थालेका छन् । कारागारमा क्षमता भन्दा दोब्बर बन्दी भएपछि एउटै खाटमा तीन देखि चार जना सम्म बन्दीहरु सुत्ने गरेका छन् । ६१ जनाको क्षमता रहेको कारागारमा ६७ जना बन्दी थप भएपछि शैचालय जानका लागि समेत घन्टौँ कुर्न बन्दीहरु बाध्य भएका हुन् । भवन जीर्ण बन्दै जानु, स्वास्थ्य परीक्षण, अध्ययनका लागि पुस्कालय, खेल मैदान जस्ता
आधारभूत पक्षहरु कमी भएका काराण बन्दीहरुको अवस्था निकै दयनीय बन्दै गएको छ । राजधानीसँग नजिक रहेको जिल्ला भन्दै केन्द्रिय कारागारका बन्दीहरुलाई धुलिखेल कारागार सरुवा गरेपछि समस्या उत्पन्न भएको जिल्ला कारागार काभ्रेले जनाएको छ । जिल्ला प्रशासन कार्यालले १ हजार जना सम्म कैदी बन्दी अट्ने सुविधा सम्पन्न खुल्ला कारागार निर्माणका लागि जिल्ला नापी र मालपोत कार्यालयलाई सार्वजनिक जग्गा हेर्न निर्देशन दिएको छ । तर उपयुक्त जग्गा उपलब्ध नभएपछि तत्काल वैकल्पिक व्यवस्था गर्न सक्ने कुनै अवस्था नरहेको निमित्त प्रमूख जिल्ला अधिकारी मेहश भट्टराईले बताउनुभयो ।

Don't Miss
© all rights reserved
made with by netKUTI