कृष्ण आचार्य
मुग्लिङ, कार्तिक ५ - मुग्लिङ नजिकै दारे चोकको फिस्लिङमा पृथ्वी राजमार्गसंग जोडिएको झुलुंगे पुल भाँच्चिदा दुई जनाको मृत्यु भएको छ । चार जना घाइते छन् । चार जना भन्दा व्यक्तिहरु त्रिशुलीमा हराईरहेको आशंका गरिएको छ ।
गोरखाको भूमली चोकबाट राजमार्ग जोड्ने उक्त झुलुंगे पुल अपरान्ह १२ बजेतिर भाँच्चिएको हो । मृतक भारतीय नागरिक फ्लोरेन्स र गोरखा दुर्वुङका मानबहादुर आले छन् ।
नेपाल घुम्न आएका भारतीय नागरिकहरु उक्त झुलंगे पुलमा चढेर फोटो खिचाइरहेका बेला दुर्घटना भएको हो । अन्य चार जना भारतीय नागरिक नदीमा हराइरहेका छन् । थप व्यक्ति नदीमा खंसेको आशंका गरिएको छ । १० बढीलाई खोलाबाट स्थानीयले उद्धार गरेका छन् ।साभारः इकान्तिपुर बाट