Responsive Ad Slot

latest

नेपाल लोकतान्त्रिक मञ्च दोहा कतार द्वारा सातौं दशैं मिलन समारोह सम्पन्न ।

Tuesday, October 11

/ by Admin BHOLA THAPA



    गत शुक्रवार अक्टोवर ७ का दिन नेपाल लाकतान्ञिक मञ्च कतारले विषेश कार्यक्रमका साथ मञ्चको सातौं दशैं मिलन समारोह सम्पन्न गरेको छ । मञ्चका केन्द्रीय अध्यक्ष रामहरी गैहे्रको सभापतित्वमा सम्पन्न उतm समारोहमा प्रमुख अतिथि मञ्चका विषेश सल्लाहकार तथा भूतपर्व अध्यक्ष नरेश श्रेष्ठको प्रमुख अतिथ्य, विषेश अतिथि मञ्चका सल्लाहकार चानक पोख्रेल, अथितीहरुमा मञ्चका सल्लाहकार के.वी हमाल, जनसंगीत मञ्च कतारका अध्यक्ष पदम वि.क, जनप्रगतिशिल मञ्चका मान वहादर, जनसम्र्पक समितिका महामन्त्री करिम वक्स मियाँ, कतार नेपाली एकता समाजका अर्जुन थापा, नेपाल प्रवासी आदिवासी जनजाती महासंघका मान वहादुर सावा लिम्वु, प्रवासी मुस्लिम समाजका अजिज अलि साथै दोहा स्थित सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिीको उपस्थिती रहेको थियो ।
राष्ट्रिय गानवाट शुरु भएको उतm कार्यक्रममा सहिदको सम्झनामा एक मिनेट मौन धाराण गरिएको थियो । मञ्चका उपाध्यक्ष हरी कुमार वस्नेतले उपस्थिति सवैलाई स्वागत गर्नुभएको थियो । कार्यक्रमलाई सम्वोधन गर्दै अधिकांस वतmाहरुले नेपालको मौलिकपर्वका रुपमा चलिआएको जुनसुकै धर्मको किन नहोस सवै धर्म र समुदायविच एकता र भाइचारा विकास गर्नुपर्नेमा जोड दिएका थिए । यतिवेला नेपाल संक्रमणकालिन धर्म निरपेक्ष देशको रुपमा घोषित भैसकेको छ जहाँ सवै धर्मका् समान र साझा धर्मका रुपमा मनाउनका लागि पहल गनुपर्नेमा जोड दिएका थिए । दशैंको शुभकामना दिने शिलशिलामा यतिवेला नेपाली जनताको चाहना समयमा शान्ति र संविधान हो त्यसका लागि सरकारको नेतत्वमा रहेको एनेकपा माओवादी र मधेशवादी दलहरुको गोप्य रुपमा भएका ४ वुदे सहमति राष्ट्रिय हितको विरुद्धमा रहेका हुदा वर्तमान सरकारले तत्काल खारेज गर्न समेत जोद्धदार माग गरेका थिए । हालै नेपाल सरकारका रक्षा मन्त्री सरदसिंह भण्डारीले दिएको अभिव्यतिmप्रति वतmाहरुको घोर निन्दा तथा भत्र्सना गरेको थियो । साथै त्यसप्रकारका अभिव्यतिm दिने सरकारका रक्षामन्त्रीलाई अविलम्व पद वर्खास्त गर्न समेत जोडदार माग गरेका थिए ।  
कर्यक्रममा सम्वोधन गर्दै कार्यक्रमका प्रमख अतिथि तथा नेपाल लाकतान्त्रिक मञ्चका विषेश सल्लाहकार नरेश श्रेष्ठले स्थापनाका वर्षदेखि निरन्तर रुपमा श्रमिक समस्या र सामाधानका लागि खेलिएको भूमिका आजपनि त्यत्तिकै निरन्तर रहेको छ । त्यसका अतिरितm नेपाली मौलिक पर्वहरु चाहे हिन्द धर्म होस् वा इस्लाम वा अन्य धर्ममा समान मान्यता राख्ने मच्चको रुपमा स्थापित भैसकेको छ भन्नु भयो । कार्यक्रमको अन्तमा कार्यक्रमका सभापति तथा मञ्चका केन्दीय अध्यक्ष रामहरी गैहे्रले नेपाल लोकतान्त्रिक मञ्च कतारले आजसम्म गरेको सामाजिक गतिविधीका बारेमा समिक्षा गर्दै हाम्रो धर्म,संस्कृति र संस्कारको जगेर्नाप्रति प्रवासमै भए पनि शशक्त भएर लागिपर्ने बताउनु भयो ।

धुव्रराज अधिकारी
सचिव
नेपाल लाकतान्त्रिक मञ्च
दोहा, कतार

Don't Miss
© all rights reserved
made with by netKUTI