नारायण सापकोटा ,
भरतपुर कात्तिक १ चितबन मेडिकल कलेजका चिकित्सकले एक जना बिरामीको मृगौला झिकेको खुलासा भएको छ । चिकित्सक राजिब शाहले गीतानगरकी ७५ बर्षीय टिकादेबी लामिछानेको देब्रे मृगौला परीबारलाई जानकारी नदिईकन झिकेको खुलासा भएको हो ।सोही कलेजका चिकित्शकले पेटमा पानिको पोका भएको र सो पोका झिक्नु पर्ने भन्दै लामिछानेलाई केही समय अगाडी अस्पतालमा उपचार गरीएको थियो ।उपचार गरेर घर फर्केको १२ दिन पछि पेट दुखे पछि लामिछानेलाई पुन अस्पताल ल्याईएको थियो । अस्पतालमा पुन चेक जाच गर्ने क्रममा मृगौला झिकिएको खुलेको परिबार श्रोतले दाबि गरेको छ ।अस्पतालले भने उपचारमा गल्ति नभएको तर पानि जमेको मृगौला हो भन्ने नचिन्दा कमजोरी भएको भनि गल्ती स्वकार गरेको छ ।बिमारीको ज्यान बचाउनको लागी सो डल्लो झिकिएको पनि अस्पतालले दाबि गरेको छ ।अहिले बिरामीका आफन्तहरु आक्रोसित भएका छन्।े बिरामीको सम्पुर्णा उपचार खर्च अस्पतालले बोर्हनु पर्ने माग गरेको पिडीतका नाति कैलाश लामिछानेले बताउनु भयो । कैलाशले हिजो साझ पनि केही समय अस्पतालमा धर्ना दिएको र आफ्ने मागमा अस्पताले ध्यान नदिए अन्य सघर्षका कार्यक्रमहरु गर्ने जानकारी दिनु भयो ।चितबनमा अस्पताल र चिकित्सकको लापरबाहीका घटना केही समय यता बढ्दै गएका छन् ।