Responsive Ad Slot

latest

जब तिहार आउछ…..!

Thursday, October 27

/ by Admin BHOLA THAPA
-अन्जु ढकाल




शरद ऋतू ! सफा आकाश, स्वच्छ  हावापानी, छंगछंग गर्दै बग्ने नीला नदिनाला, करेशा  बारीमा मुस्कुराउँदै फुलेका मखमली र सयपत्रिका रंगिबिरंगी फुलहरु अनी त्यसको  मज्जा लिंदै गरेका भमरा र पुतलिहरू| सेतो कमेरो र रातो माटोले लिपेका घरका भित्ताहरू र हरियो गोबरले लिपेको भुईले घरबस्तीहरु बिबाहमा सिगारिएकी दुलाहि झै सुन्दर र गमक्क देखिन्छन| फुलहरु सुगंध छर्नमै मस्त छन भने तराई देखि पहाड़का तरेलिहरुमा धानका बाला लटरम्म झुलेका छन| लाग्छ धर्ति पनी स्वर्गकी परीझै सिगारिएकी छे यति खेर| अनी यसलाई  अझ मूर्त रूप दिन्छ हाम्रो रास्ट्रीय चाड तिहारले | पॉँच दिनको यो चाड ! पाचै दिनको आ-आफ्नै महत्व र बिशेसता छ तर पनि  आ-आफ्नो घर गएका दिदिबहिनीहरु एक दिनको लागी मात्र भएपनि छुट्टी मिलाएर दाजुभाई लाई टिका लगाईदिन माईत जाने टिकाको दिनलाई झनै महत्व दीइन्छ| दीदी बहिनी नहुने दाजूभाई र दाजुभाई नहुने दिदिबहिनिलाई भने यो दिन पीडादायक  पनी हुन पुग्छ|
मलाई तिहारको भाई टिकाको डरले कोजाग्रत पुर्णिमाको दिनदेखि टाउको दुख्न  थाल्छ| त्यसैले यो पापी तिहार कहिले पनि नआओस भन्ने लाग्छ| किनकी मेरो बुबा हामीलाई दाजुभाई दिन नसक्नु भएकोले मृत्युसैयामा पुगुन्जेलपनी जिन्दगीमा सधै दुखित हुनुहुन्थ्यो भन्ने कुरा म राम्ररी जान्दछु| एक मात्र छोरा को रहरले पनी उहाँका आधा दर्जन छोरीहरु भैसकेका थिए| मुटुको घाऊ अरुलाई देखाऊन पखाल्न अनी अरुलाई हिस्सा लगाऊन नमिलेझै थियो उहाँको यो ब्यथा जुन कसैलाई हिस्सा लगाउन मिल्दैन|
सन्तानका बिसयलाई लिएर धेरै पटक बाबा र आमाको झगडा अनि खटपट  भएको म राम्ररी सम्झन्छु| महिनौसम्म पनी उहाँहरुको बोलचाल रोकिन्थ्यो| 

छोराछोरीको मस्तिस्कमा बाबुआमाको यस्तो किसिमको झगडाले कस्तो असर पर्ला? यो कुरा कि त अनुभब गर्नेहरुलाईनै थाहा होला की त मनोबैज्ञानिक लाई मात्र| हुन त देबताका पनी शत्रु छन मानिसका शत्रु हुनुलाई अस्वभाबिक मान्न सकिन्न| बुबाले समाजमा सबैलाई खुसी पार्न सक्नुभएको थिएन होला| तसर्थ उहाँको आर्थिक उन्नति देखि इर्ष्या गर्ने केही मानिसहरु भन्ने गर्थे ” अपुत्रालाई धान प्यारो”त्यस्तै कुनै प्रगतिशील काममा हात हाल्नु भयो उहाले भने  “हेर्न फलानाको तुजुक” भन्थे ,केही सामाजिक कार्यमा लाग्दा “कसका लागी मच्चिदो हो”  यी यस्ता आवाजहरु धेरै मेरो कान सम्म ठोकिन आएको तितो अनुभब म संग जिबित छ सायद यो अनुभब अथबा यो भोगाई म संगै जान्छ होला | अनी त्यस्तै एकदिन एक खान्दानी बुढो केटी माग्न भनी हाम्रो घरमा आएको थियो| खानपान र कुरासुरा भयो अनी अन्त्यमा “केटी त मन पर्यो तर के गर्नु, पछि सम्म छोरालाई ससुराली हुन्न” भन्यो र गयो| यस्ता कुरा सुन्दा त मलाई पनी बरु तिनवटा नै  सौता आमामाथि हालेर भएपनि एउटा भाई त यहाँ चाहिने नै रहेछ भन्ने लाग्थ्यो| कती बेला भने ‘हेर न दुनिया भोली म तिमिहरुका अगाडी छोराले नसक्ने काम गरेर देखाउने छु भन्ने ईख जाग्थ्यो| 
आज भाई टिकाको दिन! मेरी दिदीले खाना तयार गरिसक्नु भएको छ| फुपुहरूले बिधिबत रुपमा दैलामा ओखर फोर्ने र तेलको रेखिले दाजुभाईलाई छेक्ने काम गरी सक्नु भएको छ| हामी (बहिनीहरु र म) गुन्द्रीमा बसी एकटकले ती दृश्यहरु हेरिरहेका थियौ| मेरी सानी बहिनी भने पटक-पटक मलाई कोटयाउदै बाबाको टपरीको मिठाई औल्याउदै छे| म खल्लो हाँसो उसलाई दिदै भारी मन बोकेर बसिरहेछु.| एबंरितले टिकाटाला र दानदक्षिणाको काम सकियो तर हामीहरुको निधार अझै खाली छ| हरेक वर्ष उहाँहरुको टिकाटाला सकिएपछि बाबाले हामिहरुलाई दशैंको जस्तै गरी टिका लगाएर दक्षिणा दिनु हुन्थ्यो| सायद छोरीहरूले मन नदुखाऊन भनेर हुन सक्छ| त्यसैले हामी पनी दक्षिणा  र मीठाइको आशाले यथास्थान मै  थियौ|  

बाबा जुरुक्क उठेर बहिर जानू भयो| मैले सोचें पिसाब लागेछ|जेठी फुपू हतारिदै चोटामा गईन| मैले सोचे केही भुलिछन| यत्तिकैमा मेरी सानी बहिनिले सोधी “दीदी बाबा खोई? भोली सबै दाजू भाईले दिएको पैसा भन्दै स्कुलमा चकलेट र चुइगम खान्छ्न म संग त पैसा छैन”| 

म नाजबाफ भएर गुन्द्रिको त्यान्द्रा कोटयाउन थाले| त्यति बेला मेरा आँखा रसाईसकेका थिए|यत्तिकैमा चुलोबाट आवाज आयो ” नानी तलाई कती पैसा चाहियो? म दिउला”| दिदीले बहिनिलाई आश्वासन दिएपछि मैले आफ्नु झुकेको टाउको केहि माथि उठाए “बाबाले दिने जति दिन्छेस र?” बहिनिले फेरी थपी| “गुथुरी! दी हल्छु नि|” चुलोबाट दिदीले फेरी भनी| बहिनिले हामीतीर औल्यौदै फेरी भनी ” अनी उनीहरुलाई चाही कसले दिन्छ नि ?” दिदीले उत्तर दी “म दी हाल्छु नि सबैलाई”| यस्तै कुरा चल्दै थियो, बाबा पनी भित्र पस्नु भयो| अघि हामी दीदी बहिनीका कुरा सुन्नु भयो वा यतिबेला उहाँलाई याद आयो, उहाँले हामीलाई टिका लगाईदिन थाल्नु भयो भन्ने कुरा| अनि हतपत्त टिकाको थालि लिएर हामिलाइ टिका लगाई दिन थाल्नु भयो जति बेला उहाँका हातहरु पुसमाघको ठण्डीले सताएको बेलामा झैँ थरथर कपिरहेका थिए| मलाई थाहा छ उहाँलाई के भएको छ भन्ने कुरा तर सान्त्वना दिने हिम्मत थिएन मेरो|

यस्तै तरिकाले दोस्रो टिकाटाला पनी सकियो|भान्सा तयार भयो| सबै जना खाना खाने तर्खरमा थियौ| जेठी फुपुलाई नदेख्दा उहाँको खोजी हुन थाल्यो| मैले उहाँ चोटामा जानु भएको कुरो बताए | बाबा बोलाऊन जानु  भएको थियो तर छिट्टै फर्कनु भएन| त्यसपछी हामी सबै चोटामा गयौ|त्यहा दुबैजना रुदै गर्नु भएको थियो| कुरो बुझ्दा फुपू मेरो बुबाको अबस्था देखेर रुनु भएको रहेछ| 

“के गर्छस त बाबै अर्को बिहे गर भन्दा मान्दैनस, दुःख पाउने भइस बुडेसकालमा…” फुपुले सुक्क-सुक्क गर्दै यती भनी नसक्दै बाबाले थप्नु भयो ” हुनदे मेरो भाग्यमा भएत उ पनी जन्माऊथी होली नि! यसकी आमा, उ पनी त रहर नै गर्छे छोराको!”| फुपुले फेरी थप्नु भयो “हेर! यस्ता यस्ता चाडबाड आउछन यतिका छोरीहरुको हात खाली हुन्छ, भोली सात पुस्ता सम्म खाने मावली निमिट्यान्न हुन्छ भान्जाभान्जिहरुलाई…” फुपुका कुरा नसकिदै घरमा जम्मा भएका सबै जना रुन थाले| मैले  पनी पन्ध्र दिन अघिदेखि गह्रौ र बोझिलो भएको टाउको हलुका र छर्लंग  हुने गरी धोको फुकाएर रोए | देश , शहर,सदन, सेमिनार र समाजमा जतिसुकै लैंगिक समानताका कुरा घन्किदै गरेता पनी छोराको अभाबमा बल्ने आगो यथास्थानमा दन्किदै रहेको छ| यसलाई घिउ थप्ने काम भने सामाजिक रुडीबादी संस्कृति, हिन्दु  संस्कार अचेतना, लैंगिक असमानता, इत्यादिले गरिरहेको छ||
Don't Miss
© all rights reserved
made with by netKUTI