Responsive Ad Slot

latest

तनहुँमा घडेरी तथा जग्गाको न्यूनतम दर कायम

Monday, October 10

/ by Masti Entertainment
तनहुँ असोज २३ गते ।
जिल्ला मालपोत कार्यालय तनहुँले जिल्लाभित्रका घडेरी तथा अन्य जग्गाको न्यूनतम दर कायम गरेको छ । न्यूनतम मूल्याङ्कन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पौडेलको अध्यक्षतामा गत असार १५ र १६ गते दमौलीमा बसेको बैठकले जग्गाको न्यूनतम दर कायम गरेको हो । पृथ्वी राजमार्गको भोर्लेटार चोकदेखि दुनी मन्दिरसम्मको दायाँबायाँ र सडकमा पर्ने घडेरीको दायाँबायाँको जग्गाको प्रतिरोपनी रु। एक करोड जिल्ला पशु सेवा कार्यालयदेखि वन कार्यालय हुँदै गणेशमान चोकको शाखा सडक र राजमार्गसँग जोडिएका सहायक मार्गको दायाँबायाँ प्रतिरोपनीको रु। ५० लाख कायम गरिएको मालपोत अधिकृत खगेन्द्रराज घिमिरेले बताउनुभयो । त्यस्तै सहायक सडकसँग जोडिएका शाखाहरुको दायाँबायाँ प्रतिरोपनीको रु। ३६ लाख कच्ची सडकको दायाँबायाँको प्रतिरोपनीको रु २८ लाख कायम गरिएको जग्गाको न्यूनतम मूल्याङ्कन पुस्तिकामा उल्लेख छ । ब्यास नगरपालिका र ४६ वटै गाविसमा रहेका घडेरी पाखो खेत तथा अन्य जग्गाको न्यूनतम दर कायम गरिएको हो ।
Don't Miss
© all rights reserved
made with by netKUTI