दमौली असोज २६
तनहुँको ब्यास नगरपालिका ५ स्थित डिहीगाउँमा बस्दै आएका लोपोन्मुख कुसुन्डा दम्पत्तीलाई छोरीको उपचारमा समस्या परेको छ । राजामामा कुसुन्डा र ईन्द्रमायालाई छोरी सिमान्तको उपचार गर्न आर्थिक समस्या परेको हो । सिमान्त महिनामा ६ पटकसम्म बिरामी पर्ने गरेकाले उपचारमा निकै समस्या परेको ईन्द्रमायाले दुखेसो पोख्नुभयो । ३ बर्षीया छोरी सिमान्तलाई आँखाबाट बारम्बार आँसु झर्ने रोगले सताएको पनि उनीहरुले बताएका छन् । हालसम्म छोरीको उपचारमा १० हजार रुपैयाँ भन्दा बढी खर्च भईसकेको पनि राजामामाले बताउनुभयो । सरकारद्धारा प्रदान गरिदै आएको लोपोन्मुख जातिको भत्ता चालु आर्थिक वर्षमा साउनदेखि नपाएको उनीहरुले बताएका छन् । ब्यास नगरपालिकाका आलेप अधिकृत कुमार कञ्चन जिसीले स्थानीय विकास मन्त्रालयबाट रकम ढिला निकासा भएकाले दसैँमा भत्ता दिन नसकिएको बताउनुभएको छ ।