Responsive Ad Slot

latest

दिनेश लिम्बु भए गैर आवासीय नेपाली तारा

Monday, October 31

/ by Masti Entertainment
३० अक्टोबर, दोहा-कतार, विल गुरुङ,

तमू बौद्ध सेवा समिति कतारको संरक्षकत्वमा स्थापित तमू सांस्कृतिक परिवारले आफनो तेश्रो प्रस्तुतिको रुपमा “गैर आवासीय नेपाली तारा कतार २०११” भव्यताका साथ सम्पन्न गरेको छ । “तमू सांस्कृतिक परिवार कतारको अभियान, विदेशमा भएका प्रतिभाको खोजि, उचित अवसर र सम्मान” भन्ने मुल नाराका साथ गत २८ अक्टोबरमा सम्पन्न ग्राण्ड फिनालेमा “गैर आवासीय नेपाली तारा कतार २०११” को उपाधि उदियमान गायक दिनेश लिम्बुले जित्न सफल भएका छन् । दोहा सिनेमा हलमा सम्पन्न उक्त ग्राण्ड फिनालेमा “गैर आवासीय नेपाली नृत्य तारा कतार २०११” को उपाधि भने विभस दुतराजले हात पारेका छन् । त्यसै गरि गायन तर्फ द्वित्तीय र तृत्तयि हुने नव प्रतिभावान कलाकारहरुमा क्रमशः संगीत लिम्बु र रुपेश पराजुली छन् भने नृत्य तर्फका
विजेताहरुमा क्रमशः समिक्षा श्रेष्ठ र प्रमोदकुमार साह हुन् ।

स्मरण रहोस तमू सांस्कृतिक परिवारले गत वर्ष पनि “नेपाली कला र संस्कृतिको संरक्षण गरौं, विदेशमा रहेका प्रतिभाको खोजि गरौं” भन्ने मुल नाराका साथ “गैर आवासीय नेपाली तारा कतार २०१०” कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको थियो र ज्वाला लामाले उक्त उपाधि जितेका थिए । तमू बौद्ध सेवा समितिका अध्यक्ष जगन तमूको सभापतित्वमा सम्पन्न ग्राण्ड फिनाले कार्यक्रमका प्रमुख अतिथिमा नेपाली राजदुतावासका द्वित्तीय सचिव जयबहादुर राई हुनु हुन्थ्यो । प्रमुख अतिथिले द्विप प्रज्वल्लीत गरि विधिवत उदघाटन गरिएको उक्त कार्यक्रमा विशेष अतितिहरुले पनि द्विप प्रज्वल्लित गरेका थिए ।

विशेष अतिथिहरुमा एनआरएनए–आईसीसीका नव निर्वाचित सचिव टि.बि.कार्की, मध्यपुर्व संयोजक नरेन्द्र भाट, एनसीसी महासचिव क्रान्ति सिंह, नेपाल प्रवासी आदिवासी जनजाति महासंघका कार्यवाहक अध्यक्ष प्रकास आले मगर र अतिथिहरुमा एनआरएनए–आईसीसीका निवर्तमान उपाध्यक्ष सागर नेपाल, एनआरएनए–आईसीसी निवर्तमान कोअप्टेड सदस्य आशिष शेरचन, एनआरएनए–एनसीसी युवा संयोजक उमेश अधिकारी, समाज सेवीहरुमा लक्षमण खतिवडा, चाणक पोखरेल, व्यवसँयी बुद्धिराज गुरुङ, नेपाली जनसम्पर्क समितिका सभापति बिमल सुबेदी, नेपाली जनप्रगतिशिल मञ्चका कोषाध्यक्ष रामु बस्याल, अनेसास कतारका अध्यक्ष हेमन्त परदेशी, थारु कल्याणकारीणी सभा कतारका सभापति ई.विद्यानन्द चौधरी, नेपाल प्रवासी तामाङ समाजका अध्यक्ष शंखलाल तामाङ, किरा“त राई यायोख्खा शाखा कतारका अध्यक्ष चन्द्रशेर राई, नेपाल प्रवासी भुजेल सेवा समाजका अध्यक्ष टंक भुजेल, पवासी मगर संघका प्रतिनिधि निल चिडी मगर, कास्की आदर्श सेवा समाजा अध्यक्ष रामप्रसाद गौतम, क्षेत्री समाजका उपाध्यक्ष हंशराज ढकाल क्षेत्री, कास्कीकोट सहयोग समाजका अध्यक्ष खिमबहादुर कार्की, तमू बौद्ध सेवा समितिका निर्देशक सल्लाहकार बुधबल गुरुङ, संस्थापक अध्यक्ष राम गुरुङ, सल्लाहकार अमृत घले, तमू खेलकुद समितिका अध्यक्ष बुद्ध गुरुङ, मनकामना नेपाली सांस्कृतिक परिवारका अध्यक्ष आशबहादुर गुरुङ, सन्ध्या गु्रप अलखोरका अध्यक्ष थर्चा लामा, फेवा सांस्कृतिक परिवारका अध्यक्ष आशबहादुर गुरुङ, प्रवासी नेपाली सांगीतिक परिवारका अध्यक्ष शक्ति क्षेत्री, अन्तरराष्ट्रिय नेपाली कलाकार संघका प्रतिनिधि भुपेन्द्र मगर, कार्यक्रम संयोजक बिमल गुरुङ, सहसंयोजक कृष्ण गुरुङका साथै स्थानिय पत्रिकाका प्रतिनिधिहरु दिनेश रेग्मी र प्रेम श्याङतान लामा आदि थिए । सयौं थुंगा फुलका हामी..... राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा कार्यक्रम संयोजक तथा तमू सांस्कृतिक परिवारका अध्यक्ष बिमल गुरुङले स्वगत मन्तव्य राखेका थिए भने सांस्कृतिक परिवारका सचिव राजित गुरुङ र सदस्य कल्पना गुरुङले संयुक्त रुपमा कार्यक्रम सञ्चालन गरेका थिए ।

संयोजक गुरुङले दिएको जानकारी अनुसार गत ईदको अवसरमा पहिलो अडिशन लिईएको थियो । साथै गत ९ सेप्टेम्वरका दिन दोश्रो चरणको छनौट कार्यक्रम सम्पन्न भई गत २३ सेप्टेम्वरका दिन उत्कृष्ट १०÷१० जना छनौट चरणको आयोजना गरिएको थियो । यो नेपाली शिर उचाली........... बोलको स्वदेश गान प्रतियोगि कलाकारहरुको संयुक्त प्रस्तुति नै प्रतियोगिताको पहिलो कोशेली थियो । गायन तर्फका १० जनाले बडो आकर्षक ढंगले उक्त स्वदेश गान गाएका थिए भने १० जना नृत्य तर्फका प्रतियोगिहरुले हातमा दियो र नेपालको राष्ट्रिय भण्डा लिएर अभिनय गर्दा वास्तवमै नेपालका व्यवसायीक कलाकाहरुको प्रस्तुति झल्काएका थिए । त्यस पछि भने गायन र नृत्य दुबै विधामा ग्राण्ड फिनालेका लागि छनौट भएका १०÷१० जना प्रतियोगिले आ–आफनो प्रस्तुती दिएका थिए । यस पटकको प्रतियोगिता गत वर्षको भन्दा अलि फरक ढंगले प्रस्तुत गरिएको थियो । अडिशन राउण्ड पार गर्ने प्रतियोगिहरुका विचमा एक अर्को थप छनौट चरणको पनि आयोजना गरियो । तेश्रो चरणमा मात्रै टप टेन छनौट चरण÷राउण्डको आयोजना गरि टप टेनमा गायन र नृत्य विधामा छनौट भएका १०÷१० जना उत्कृष्ट प्रतियोगिहरु मध्येबाट अन्तिम तथा ग्राण्ड फिनाले राउण्डमा कुल २० जनाको प्रस्तुति रहेको थियो । गायन तर्फ १० प्रतियोगिहरुमा क्रमशः दिनेश लिम्बु, दुर्गा प्रसाद लावती, संगीत सुव्वा, कमल आमित्य, प्रेमकुमार गुरुङ, रुपेश पराजुली, उमेश गुरुङ, रामकुमार राई, राज खालिङ र विपिन लिम्बु थिए ।

त्यसै गरि नृत्य तर्फका १० जना प्रतियोगिहरुमा क्रमशः नविन बर्देवा, वर्षा थापा, प्रमोदकुमार साह, यशोदा बस्नेत, किरण लामा, समिक्षा श्रेष्ठ, जिवन लामा, रिता आले मगर, विभस दुतराज र देविका श्रेष्ठ थिए । अडिशन राउण्डदेखि टप टेन छनौट चरण÷राउण्डसम्म निर्णयक मण्डलबाट छनौट गरिएको यस प्रतियोगिताको अन्तिम तथा ग्राण्ड फिनाले राउण्डमा भने निर्णयक मण्डल र दर्शकहरुको भोटको आधारमा विजेता चयन गरियो । अन्तिम छनौट चरणमा दर्शकको प्रत्यक्ष भोटबाट ५० प्रतिशत र निर्णयक मण्डलको ५० प्रतिशत अंक जोडेर “गैर आवासीय नेपाली तारा कतार २०११” को उपाधि विजेता चयन गरिएको थियो । गैर आवासीय नेपाली तारा २०११ को ग्राण्ड फिनाले कार्यक्रम तिहार÷दिपावली विशेषः गैर आवासीय नेपाली तारा कार्यक्रमको ग्राण्ड फिनालेमा नेपाली कला र संस्कृतिको संरक्षण, सम्बर्धन र प्रवर्धनको लागि कतारमा स्थापना भएका र सकृय हरेक सांस्कृतिक परिवार तथा समुहहरुले आ–आफनो प्रस्तुती पस्केका थिए ।

मनकामना नेपाली सांस्कृतिक परिवार, सन्ध्या गु्रप अलखोर, फेवा सांस्कृतिक परिवार, अन्तर्राष्ट्रिय नेपाली कलाकार संघ प्रत्येकले अत्यन्त आकर्षक सांस्कृतिक प्रस्तुति दिएर वास्तवमै कार्यक्रमलाई तिहार÷दिपावली विशेष बनाउन सफल भएका थिए । त्यसै गरि तमू सांस्कृतिक परिवारका कलाकारहरुको सामुहिक नृत्यलाई हेर्दा सा“चै कार्यक्रमको भव्यता प्रष्ट देखिन्थ्यो । “गैर आवासीय नेपाली तारा कतार २०१०” का उपाधि विजेता ज्वाला लामा र उनका सहोदर भाई जीवन लामाको आधुनिक नृत्य र निर्णयक मण्डलका सदस्यहरुको जोडदार प्रस्तुती कार्यक्रमको अर्को आकर्षणहरु थिए । आवासीय नेपाली तारा कार्यक्रमलाई विभिन्न व्यक्तित्वहरुको सहयोगः नेपाली कला र संस्कृतिको संरक्षण, सम्बर्धन र प्रवर्धन गर्ने कार्यमा कोशे ढुंगा सावित हुने यस्तो कार्यक्रमलाई सहयोगि संस्थाको रुपमा रहेर गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले सहयोग गरेको थियो भने काठमाण्डौ किचनको व्यवस्थापनमा सञ्चालित सम्सरा थकाली भान्छा घर, नेपाल हाउस ट्रेडिङ र कान्तिपुर ट्रेडिङ एण्ड कन्ट्रयाक्टीङले कार्यक्रमलाई प्रायोजन गरेका थिए । त्यसै गरि गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदका नव निर्वाचित सचिव टि.बि.कार्की र मध्यपुर्व संयोजक नरेन्द्र भाटले दुबै विधाबाट द्वित्तीय हुने विजेतालाई दिईने पुरस्कारको प्रायोजन गर्ने घोषणा गर्नु भयो । साथै कलाकारहरुको प्रोत्साहनको लागि युवा समाजसेवी लक्षमण खतिवडाले यस प्रतियोगिताबाट गायन र नृत्य तर्फ प्रथम हुने एक एक जनालाई नेपाल जाने हवाई टिकटको व्यवस्था गर्ने घोषणा यसभन्दा अगाडी नै गरि सक्नु भएको थियो । अत्यन्त महंगो पैसा तिरेर व्यवसायीक कलाकारहरु झिकाएर नेपाली सांस्कृतिक कार्यक्रमहरु गर्नु भन्दा स्थानिय प्रतिभावान कलाकारहरुलाई प्रोत्साहन मिल्ने यस्ता कार्यक्रमलाई बढावा दिनु पर्ने विचार राख्दै समाजसेवी लक्षमण खतिवडाले उक्त टिकटको घोषणा गर्नु भएको थियो । स्मरण रहोस लक्षमण खतिवडाले गत वर्षको प्रथम गैर आवासीय नेपाली तारा ज्वाला लामालाई पनि नेपाल आउन जान दोहोरो टिकटमा लाग्ने रकम पुरस्कार स्वरुप प्रदान गर्नु भएको थियो । त्यसै गरि एनआरएनए–आईसीसीका निवर्तमान उपाध्यक्ष सागर नेपालले कार्यक्रम अत्यन्त सफल भएको खुशियालीमा ग्राण्ड फिनालेमा प्रवेश गर्न सफल सबै २० जना कलाकारहरु र तमू सांस्कृतिक परिवारका पदाधिकारी तथा सदस्यहरुलाई अनुकुल समयमा रात्रि भोज दिने घोषणा गर्नु भएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI