Responsive Ad Slot

latest

माओवादीले जे भन्छ त्यही गर्छः प्रधानमन्त्री

Saturday, October 15

/ by Admin BHOLA THAPA
भरतपुर, आश्विन २८ - प्रधानमन्त्री बाबुराम भट्टराईले शान्ति पक्रिया र सेना समायोजनमा भएको ढिलाइका कारण जनतालाई 'जुनै जोगी आए पनि कान चिरिएका' भन्ने भान परेको जनाउँदै आफ्नो सरकारलाई त्यसो नठान्न आग्रह गरेका छन् ।  माओवादी आन्दोलनका अगुवा तथा सल्लाहकार समिति सदस्य खम्बासिंह कुँवरको नागरिक सम्मान कार्यक्रममा शनिबार प्रधानमन्त्री भट्टराईले 'माओवादीले जे भन्छ त्यही गर्ने' भएकाले छोटो अवधिमा परिणाम निकाल्ने दावी गरे । राजनीतिक सहमतिबाट मात्रै शान्ति पक्रिया र सेना समायोजनाको काम टुंग्याउन सकिनेमा जोड दिए । 'सबै दल जुटाउने प्रयासमा छु,' उनले भने, 'घटनाक्रम सुखद छन् ।' कार्यक्रममा माओवादी बरिष्ठ उपाध्यक्ष मोहन बैद्यले सबै तिरबाट पार्टी एकताको कुरा मात्रै उठेको उल्लेख गर्दै भने, 'एकता के का लागि ?' देश, जनता, क्रान्ति, जनवाद वा साम्यवाद के का लागि एकता गर्ने स्पष्ट हुनु पर्ने बताए । जनताको मुक्ति र स्वाधिनता रक्षाको बिषय अगाडी रहेको बताउँदै प्रधानमन्त्रीले शान्ति पक्रिया कसरी अगाडी बढाउने हो भन्दै प्रश्न गरे । अपमानित ढंगले सेना समायोजनको प्रयास भएको आशय व्यक्त गर्दै भने, 'राजतन्त्र ढाल्ने जनमुक्ति सेनाको सम्मान गर्ने कि नगर्ने ?' सभामा माओवादी अध्यक्ष पुष्पकमल दाहालले हजारौं जनताको बलिदानबाट संविधानसभा प्राप्त भएको उल्लेख गर्दै जन चाहना अनुसार शान्ति पक्रिया र सेना समायोजनको काम टुंगोमा पुर्‍याउने बताए । 'जनताले शान्ति प्रक्रिया टुंगोमा पुगोस भन्ने चाहेका छन्,' उनले भने,'अहिलेको ऐतिहासिक आवष्यकता हो ।'
करिब ५ दशक भन्दा लामो समय कम्युनिष्ट आन्दोलनमा बिताएका कुँवरलाई अभिनन्दन अघि गाडीमा राखी नारायणगढबाट र्‍याली र बाजागाजासहित कार्यक्रम स्थल पुर्‍याइएको थियो । गाडीमा दाहाल, वैद्य लगायत नेता सवार थिए । 
समचार साभार इकान्तिपुर डट कम
Don't Miss
© all rights reserved
made with by netKUTI