१९ असोज, काठमाडौँ । राष्ट्रपति डा.रामवरण यादव र प्रधानमन्त्री डा.बाबुराम भट्टराईलगायतका शीर्ष नेताहरुले शुभसाइतमा विजया दशमीको टिका लगाएर प्रसाद ग्रहण गरेका छन् । राष्ट्रपति डा.रामवरण यादवले पञ्चाङ्ग निर्णायक समितिले उत्तम भनेको बिहान १ बजेर ३५ मिनेटको समयमा पुरोहित डा.रघुनाथ अर्यालबाट टीका तथा जमरा लगाउनुभयो । राष्ट्रपति भवन शितल निवासमा आयोजित एक विशेष कार्यक्रमबीच डा. अर्यालले राष्ट्रपति यादवलाई टीका तथा जमरा लगाइदिएर प्रसाद ग्रहण गराउनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । यस्तै प्रधानमन्त्री डा.बाबुराम भट्टराईले पिता भोजप्रसाद भट्टराईको हातबाट टिका लगाउनुभयो । सोही समयमा कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाललगायता नेताले पनि टीका-जमरा लगाएका छन् । यसैगरी मुलुकभर सर्वसाधारणले आफ्ना मान्यजन, बाबुआमा र गुरु पुरोहितबाट टीका तथा जमरा लगाएका छन् पञ्चाङ्ग निर्णायक समितिले आज दिनभर जुनसुकै बेला टीका लगाए पनि उत्तिकै शुभफल मिल्ने जनाएको छ । Source: Onlinekhabar.com