Responsive Ad Slot

latest

दिपावली सॉझको रुपमा गैर आवासीय नेपाली तारा कतारको फाईनल अक्टोबर २८ मा दोहा सिनेमा हलमा हुने

Tuesday, October 11

/ by Admin BHOLA THAPA
बुधबल गुरुङ
अक्टुबर ११, दोहा, कतार ÷ “गैर आवासीय नेपाली तारा कतार २०११” को टप टेनमा पर्ने गायन र नृत्य विधाका प्रतियोगि कलाकारहरुको नाम र फाईनल कार्यक्रम प्रकाशित भएको छ । “तमू सांस्कृतिक परिवार कतारको तेश्रो अभियान, विदेशमा भएका प्रतिभाको खोजि, उचित अवसर र उचित सम्मान” भन्ने मुल नाराका साथ सम्पन्न हुने यस कार्यक्रमको फाईनल आगमी अक्टोबर २८ तारिखका दिन दोहा सिनेमा हलमा हुने भएको छ ।

कार्यक्रम आयोजकका अनुसार गत सेप्टेम्बर २१ का दिन भएको प्रतियोगिताबाट गायन तथा नृत्य तर्फबाट फाईनलमा प्रवेश गर्न सफल प्रतियोगिहरु यस प्रकार रहेका छन् ।
गायन तर्फ
दिनेश लिम्बु (भोटीङ्ग नं. १)
दुर्गा प्रसाद लावती (भोटीङ्ग नं. २)
रुपेश पराजुली, (भोटीङ्ग नं. ३)
प्रेमकुमार गुरुङ (भोटीङ्ग नं. ४)
विपिन लिम्बु (भोटीङ्ग नं. ५)
उमेश गुरुङ (भोटीङ्ग नं. ६)
राज खालिङ (भोटीङ्ग नं. ७)
रामकुमार राइ( भोटीङ्ग नं. ८र्)
संगीत लिम्बु (भोटीङ्ग नं. ९)
कमल आमित्य (भोटीङ्ग नं. १०)
नृत्य तर्फ
पुजन चौधरी (भोटीङ्ग नं. १)
रिता आले मगर, (भोटीङ्ग नं. २),
विभस दुतराज (भोटीङ्ग नं. ३),
किरण लामा, (भोटीङ्ग नं. ४),
वर्षा थापा, (भोटीङ्ग नं. ५),
जिवन लामा, (भोटीङ्ग नं. ६),
प्रमोदकुमार साह, (भोटीङ्ग नं. ७),
देविका श्रेष्ठ (भोटीङ्ग नं. ८),
समिक्षा श्रेष्ठ, (भोटीङ्ग नं. ९),
यशोदा बस्नेत, (भोटीङ्ग नं. १०),
अन्तिम छनौट चरणमा दुबै विधाबाट प्रतियोगितामा भाग लिने कलाकारहरु मध्येबाट प्रथम हुने विजेतालाई “गैर आवासीय नेपाली तारा २०११” को उपाधिका साथै नृत्य तर्फ प्रथम हुने विजेतालाई “गैर आवासीय नेपाली नृत्य तारा २०११” र गायन तर्फ प्रथम हुने विजेतालाई “गैर आवासीय नेपाली गायन तारा २०११” को उपाधिले सम्मान गरिनेछ ।
कार्यक्रम संयोजक बिमल गुरुङका अनुसार अडिशन राउण्डदेखि टप टेन छनौट चरणसम्म निर्णयक मण्डलबाट छनौट गरिएको थियो भने अन्तिम तथा ग्राण्ड फिनालेमा भने निर्णयक मण्डल र दर्शकहरुको भोटको आधारमा विजेता चयन गरिने छ ।
तमू बौद्ध सेवा समिति कतारको संरक्षकत्वमा स्थापित तमू सांस्कृतिक परिवारको तेश्रो प्रस्तुतिको रुपमा रहेको यो कार्यक्रममा कतारमा नेपाली कला र संस्कृतिको संरक्षण, सम्बर्धन र प्रवर्धनको लागि स्थापना भएको हरेक सांस्कृतिक परिवार तथा समुहहरुले आ–आफनो प्रस्तुतीहरु दिनेछन् – संयोजक गुरुङले भन्नुभयो, उहॉका अनुसार “यस कार्यक्रमको दिन भनेको भाई टिकाको दिन पनि परेको हुदा यसलाई तिहार÷दिपाली विशेष कार्यक्रमको रुपमा मनाउने छ ।” कार्यक्रममा कतारवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको सकृय उपस्थिति हुने कुरामा आफु ढुक्क रहेको पनि संयोजक बिमल गुरुङले बताउनु भयो ।


Don't Miss
© all rights reserved
made with by netKUTI