नारायण सापकोटा भाद्र २९ मोटरसाईकल दुर्घटनामा कावासोतिका एक व्यापारीको मृत्यु भएको शोकमा कावासोती र आसपासका क्षेत्रमा रहेको उद्योग, पसल शिव मन्दिर कावासोती बजार समितिले बन्द गराएको छ । कावासोती ५ का ३० वर्षका शंकर भुर्तेलको हिजो साँझ नारायणगढबाट बुटवलतर्फ जांदै गरेको लु १ ख २७३३ नम्बरको ट्रकले ठक्कर दिँदा मृत्यु भएको थियो ।