भदौ २४ पर्वत जिल्लाका ५५ गाविसलाई स्वास्थ्य ,सररफाई र खानेपानीको पहँुच पुर्याउनका लागि सञ्चालन भएको वास परियोजना प्रभावकारी रुपमा लागु भएपछि स्थानीयबासीलाई सजिलो भएको छ । खानेपानी सरसफाई र स्वास्थ्य परियोजना पूर्ण उपलब्धितर्फ उन्मुख भएको हो । जिल्लाका सवैभन्दा बढि खानेपानी तथा सरसफाईको समस्या भोगेका ६ गाविसका बासिन्दाहरुलाई सहज रुपमा खानेपानी उपलब्ध गराउन साढे चार करोड रुपैँया खर्च भएको छ । खानेपानीको श्रोत नभएका गाविसमा खानेपानी पुर्याउन तथा स्वास्थ्य र सरसफाईमा पूर्ण बानीव्यहोरा परिवर्तन गर्नको लागि ४ करोड ३९ लाख रुपैँया खर्च भएको पश्चिम नेपाल खानेपानी तथा सरसफाई परियोजनाका जिल्ला सल्लाहाकार गगांदत्त नेपालले जानकारी दिनुभयो । फिनल्याण्ड तथा नेपाल सरकारको आर्थिक सहयोगमा संचालित पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजना अन्र्तगत आयोजनाहरु सञ्चालन गरिएको हो । रानीपानी, धाईरिङ्ग, ठुलीपोखरी, खानीगाउँ, लिमिठाना र बर्र्राचौर गाविसका वासिन्दाहरुलाई खानेपानीको पहुँच पुर्याइएको सल्लाहाकार नेपालले बताउनुभयो ।