Responsive Ad Slot

latest

एक वर्ष अगाडि हराएको पेस्तोल बरामद ।।

Tuesday, September 13

/ by Admin BHOLA THAPA
गोकुल बानियाँ, पोखराको लामापाटनमा रहेको सशस्त्र प्रहरीको तालिम केन्द्रबाट झण्डै १ वर्ष अगाडि हराएको भनिएको एउटा अत्याधुनिक पेस्तोल प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरीका भगौडा जवान कुबेरसिंह पुनले सशस्त्र प्रहरी महाविद्यालय लामापाटनबाट लगेका ५ वटा पेस्तोलहरू मध्ये बरामद हुन बाँकी रहेको एउटा पेस्तोल प्रहरीले सोमबार दिउँसो वरामद गरेको हो । कुवेर सिंह पुनले सशस्त्रको हतियार भण्डारबाट एउटा एसएमजी र ५ वटा पेस्तोल लगेको बयान दिएकामा एसएमजी सहित ४ वटा पेस्तोल प्रहरीले  यस अगाडि नै बरामद गरिसकेको थियो । हतियार सहित पक्राउ परेका कास्कीको दाङ्सिङ गाउँ विकास समिति वडा नं. ६ स्थायी घर भई पोखरा उप–महानगरपालिका वडा नंं. १६ दीपमा बस्दै आएका विष्णु गुरूङ र उनका अन्य दुई सहयोगिलाई प्रहरीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI