Responsive Ad Slot

latest

नगरपालिकाको नाम र सदरमुकाम परिर्वतन नर्गन आग्रह

Tuesday, September 13

/ by Admin BHOLA THAPA
नारायण सापकोटा, भाद्र २७ तनहूँको खैरेनिटारका वडा वासिहरुको आज सम्पन्न सर्वदलिय सर्वपक्षिय भेलाले नेपाल सरकारले निर्णय गरि पठाएको नगरपालिकाको नाम र सदरमुकाम परिर्वतन गरिएमा आफुहरुले नगरपालीका घोषणा फिर्ता लिने निर्णय गरेको छन् ।खैरेनिटार र दुलेगौडालाई समेटेर नेपाल सरकारले यस पालिको बजेट मार्फत नगरपालिका धोषाणा गरेको थियो । सो अनुसार मुकाम खैरेनिटार र नगरपालीकाको नाम खैरेनिटार दुलेगौडा तोकिएको थियो । तर वडा समायोजन सिफारिस समितिले नाम र मुकाम परिर्वतन गरेको भन्दै वडावासीहरु आक्रोसित भएका हुन । राजनैतिक दलले जनताको राय र परामर्श नै नलिई मनखुशि गरेको खैरेनिटार वडा वासीको आरोप छ । यता दुलेगौडा खैरेनिटार र ढारेफिर्दीलाई समेत समेटेर शुक्लागण्डकी नगरपालीका नामाकरण गर्न र मुकाम अन्यत्र राखी स्थानिय मन्त्रालयमा परिपत्र गरिएको भन्दै खैरेनिटारका वासिन्दाले बिमति जनाउदै यस्तो निर्णय गरेका हुन । आजै खैरेनिटारका गाविस सचिव बुद्धिमान श्रेष्ठको सभापतित्वमा बसेको भेलाले जनातालाई जानकारी नै नदिई जिविसमा गरेको निर्णयलाई सच्याउनु पर्ने माग समेत गरेका छन ।निर्णय फिर्ता नलिए आफुहरु खैरेनिटार गाविसमा नै सिमित रहन सहमत भएको खैरेनिटारका गाविस सचिव बुद्धिमान श्रेष्ठले जानकारी दिनु भयो । खैरेनिटारका नागरिहरुले डेलिगेसाका लागी जिल्ला विकाश समिति दमौली र स्थानिय विकाश मन्त्रालय जाने निर्णय गरेका छन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI