Responsive Ad Slot

latest

मदिरा सेवन गर्नेलाई कारवाही

Sunday, September 18

/ by Admin BHOLA THAPA
दमौली असोज १ गते ध्रृव शक्ति युवा क्लव ढोरर्फिदी तनहुँका युवाहरुको सक्रियतामा वाङ्घराङ्गमा आज देखिबाट सार्वजनिक स्थलमा मदिरा सेवन र वेचविखनमा प्रतिबन्ध लागाईएको छ । केहि ब्यक्तिले पछिल्लो समयमा मदिरा सेवन गर्ने र होहल्ला गरि शान्ति सुरक्षा ब्यबस्थामा खलल पु¥याउन थाले पछि युवाहरुले यस्तो अभियान थालेका हुन ।पर्वहरु नजिकिनै थाले पछि जाड रक्सी खाई समाजमा विकृति निम्तिन सक्ने खतरालाई मध्यनजर गरि प्रतिबन्ध लगाउन सवैको मतो मिलेको क्लवका अध्यक्ष प्रेमनारायण अर्यालले बताउनु भएको छ ।सचेत गराउदा समेत नमानेमा युवाहरुले कारवाहीको दायरा समेत तोकेका छन् । पहिलो पटक गल्ती गर्नेलाई ५ सय रुपैया जरिवाना लगाईने छ भने दोस्रो भेट्टीए १ हजार रुपैया जरिवाना सहित समाजमा भेला बोलाई सार्वजनिक गरिने छ । यदि अटेर गर्दै गरेमा तेस्रो पटक प्रहरिलाई जिम्मा लगाईने क्लबका उपाध्यक्ष अर्यालले जानकारी दिनु भएको छ । यसै विच ध्रृव शक्ति युवा क्लव ढोरर्फिदीले जनचेतनाका जगाउनका लागी गाउँका महिला , वालवालिकालाई वालअधिकार र संरक्षणको बारेमा प्रशिक्षण समेत दिएको छ । सो प्रशिक्षण शान्ति वर्ष प्रा वि ढोरर्फिदीका प्रधानाध्यापक तारा प्रसाद अधिकारीले दिनु भएको थियो ।

Don't Miss
© all rights reserved
made with by netKUTI