नारायण सापकोटा ,तनहु खबर भाद्र २२ नेपाल पत्रकार महासंघ जिल्ला साखा तनहुँले अगामी भाद्र २६ गते दमौलीमा द्वन्दकालकालिन फोटो प्रर्दशनी तथा अन्तरक्रिया गर्नेभएको छ । जिल्ला सभागृह दमौलीमा फोटो प्रदर्शनी र जिल्ला विकास समितीको समिक्षालयमा अन्तरक्रिया गर्नलागेको पत्रकार महासंघ तनहुँका अध्यक्ष पे्रम प्रसाद पौडेलले जानकारी दिनुभएको छ । दशवर्षजनयुद्ध कालमा नेपालील जनताले भोगेका पिडा प्रतिविम्बित गर्नेउत्कृष्ठ तस्बिरहरुको प्रदर्शनी तथा बरिष्ठ पत्रकार कुन्द दीक्षीत र तनहुँका सम्पूर्ण संचारकर्मीहरुबीच अन्तक्रिया कार्यक्रम गर्नलागको पत्रकार महासंघ साखा तनहुँले विज्ञप्ती मार्फत जनाएको छ ।