हरि बहादुर सारुमगर पाल्पा हामी सवैको सरोकार ः शान्ति संविधान र सुनिश्चित बाल अधिकार भन्ने नाराका साथ मनाईको राष्ट्रिय बाल दिवस २०६८ पाल्पामा पनि भव्यताका साथ सम्पन्न भएको छ । दिवसको अवसरमा पाल्पाको सदरमुकाम तानसेन तथा जिल्लाको ६५ वटै गाविसमा बालबालिका केन्द्रित विभिन्न बौद्धिक तथा रचनात्मक र साँगितिक कार्यक्रमहरु आयोजना गरिएको थियो । जिल्ला बालकल्याण समिति महिला तथा बालबालिका कार्यालय र जिल्ला बालमाच पाल्पाको आयोजनामा तानसेनमा सम्पन्न बालदिवसमा तानसेन नगरपालिका भित्रका संस्थागत तथा सामुदायिक विद्यालयका ३ हजार भन्दा बढी बालबालिकाको सहभागीता रहेको थियो । विद्यालयलाई शान्ति क्षेत्र कायम गर बालअधिकारको सम्मान गर बालसहभागीता आजको आवश्यकता तथा बालअधिकारको सुनिश्चित गर लगायतका नारा र प्लेकार्ड सहितको बाल र् यालीले तानसेन बजार परिक्रममा गरेको थियो । र् यालीलपछि तानसेनको टुडिखेलमा भएको औपचारिक कार्यक्रममा तानसेन नगरपालिका भित्रका १० वटा विद्यालयका बालबालिकाले बालगीतमा नृत्य
प्रस्तुत गरेका थिए । कार्यक्रमा बालबालिकाको सहभागीतालाई प्राथमिकता दिदै बालबालिकाबाटै कार्यक्रमको उद्घाटन कार्यक्रमको सभापती साचालक र स्वागत मन्तव्य दिने अवसर दिईएको थियो । जिल्ला बालमाच पाल्पाका अध्यक्ष गिरिजा प्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं प्रमुख जिल्ला अधिकारी टिकाराम घिमिरेले बालबालिकाको हक अधिकार सुनिश्चित गर्न सवै सरोकारवालाहरुको भूमिका महत्वपूर्ण हुने बताउनु भयो । कार्यक्रममा बोल्ने बक्ताहरुले देशको कर्णधार मानिने बालबालिकाको क्षेत्रलाई हरेक पक्षले प््थमिकतामा राख्नु पर्ने र बालबालिका सम्बन्धी दीर्घकालिन नीति नियम बन्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा तानसेन नगरपालिका कैलाशनगर निवासी मंगल प्रसाद श्रेष्ठले स्थापना गर्नु भएको मंगल अक्षयकोषबाट २ जना बालबालिकालाई छात्रबृत्ति समेत प्रदान गरिएको थियो । यस्तै बालनृत्य तथा बाल र् यालीमा सहभागी विद्यालयहरुलाई नगद पुरस्कार र प्रमाण पत्र पनि वितरण गरिएको थियो । कार्यक्रमको साचालन बालमाचका सदस्य आविष्कार न्यौपानेले गर्नु भएको थियो । यसै वीच निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल प्याब्सन पाल्पाले राष्ट्रिय बालदिवस २०६८ कै अवसरमा जिल्लाका भरका संस्थागत विद्यालयहरु वीच विविध प्रतियोगिता सम्पन्न गरेको छ । कार्यक्रममा संस्थागत विद्यालयहर वीच मावि स्तरीय बादविाद निमावि स्तरीय निवन्ध लेखन र प्रावि स्तरीय चित्रकला प्रतियोगिताको आयोजना गरिएको थियो । प्याव्सनका अध्यक्ष मिन प्रसाद बन्जाडेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी टिकाराम घिमिरे प्याव्सनका केन्द्रिय सदस्य भेषराज सुवेदी नेपाल बाल संगठनका अध्यक्ष बुद्धि प्रसाद शर्मा विद्यालय निरिक्षक विष्णु प्रसाद कोईराला शिक्षक यूनियनका सचिव विष्णु पोखरेल र बाल अधिकार अधिकृत हरि बहादुर सारु लगायतले बोल्नु भएको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले बाल दिवसले बालबालिकाको हक अधिकार र कर्तव्यको बारेमा प्रचार प्रसार तथा प्रम्ंवद्र्धनमा टेवा पुग्ने बताए । उनीहरुले बालबालिकालाई अधिकारसँग कर्तव्यलाई पनि सँगसँग लिएर जान अग्रह समेत गरेका थिए । कार्यक्रमको साचालन प्याव्सनका सचिव खेम सारुले गर्नु भएको थियो । सन १९८९ नोभेम्बर २० तारिखका दिन पारित बाल अधिकार महासन्धीको पक्षराष्ट्र भए पश्चात नेपालले बालबालिका समबन्धी
विविध नीति नियम र कार्यक्रमहरु तय गरि कार्यान्वयन गर्न थालेको । बालअधिकार महासन्धीमा नेपाल सरकारले अनुमोदन गरेको दिन पारेर विगत ६ वर्ष देखि भाद्र २९ गते यसरी बालदिवसहरु मनाउन थालेको हो । २०६२÷०६३ को जनआन्दोलन हुनु भन्दाच अघि रत्न राज्यलक्ष्मी शाहको जन्म दिन भाद्र ४ गते बाल दिवस मनाउने गरिन्थ्यो । बालअधिकार महासन्धीमा सन १९९० सेप्टेम्बर १४ तारिखका दिन नेपालले हस्ताक्षर र अनुमोदन गरेको थियो ।