नारायण सापकोटा भदौ २९ तनहुँ कृषि सेवा केन्द्र धरमपानीको आयोजनामा तनहुँको छिपछिपेमा सुन्तला र हिउँदे तरकारी खेती सम्बन्धी ३ दिने तालिम सुरु भएको छ । कृषि बिकास कार्यालय तनहुँका बरिष्ठ बागवानी अधिकृत डोलराज सुबेदी र धरमपानी कृषि सेवा केन्द्रका प्रमुख आनन्द घिमिरेले प्रशिक्षण दिनुभउको सो तालिममा २७ जनाको सहभागिता रहेको छ । तालिममा बालकेश निमाबिका प्रधानाध्यापक प्रेम बाचेले उद्घाटन गर्नुभएको थियो भने आर्थिक सहयोग छिपछिपे गाबिसले गरेको बताईएको छ । सहभागि कृषकहरुले यस्ता खालको तालिम बर्षै पिच्छे गर्नपर्ने माग गरेका सेवा केन्द्रका प्रमुख घिमिरेले बताउनुभयो ।