Responsive Ad Slot

latest

अधिवक्ता माथि दिउसै तरवार प्रहार , अवरुद्ध राजमार्ग खुल्यो

Wednesday, September 7

/ by Admin BHOLA THAPA
नारायण सापकोटा चितवन अधिवक्ता तथा यूवा संघका केन्द्रीय सचिवालय सदस्य कमलराज पाठक माथि चितवनको टिकौली जंगलमा आज बिहान तरवार आक्रमणमा सलग्न भएको आशंकामा २ जना ब्यक्ति पक्राउ परेका छन् । घटनामा सलग्न भएको भन्दै प्रदिप भटट सहित अर्को एक जनालाई प्रहरी पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखेर आबश्यक छानबिन गरीरहेको छ । उनीहरु घटनामा सलग्न रहेको प्रहरीले जनाएको छ । घटना स्थालबाट प्रहरीले बा ४० प ९९९० नं.को मोटरसाइकल नियन्त्रणमा लिएको छ । पूर्र्वी चितवनको चैनपुरबाट भरतपुर आउदै गर्दा पूर्व पश्चिम टिकौली जंगलमा पाठक माथि आज बिहान तरबार प्रहार भएको हो । तरवार प्रहारबाट पाठकको देव्रे हातमा गम्भिर चोट लागेको छ । घटना क्रमका बारेमा जानकारी दिदै पाठकले, घटना सुनियोजित ढंगबाट गराइएको बताउनुभयो । नारायणगढबाट मोटरसाईकलमा गएका ४ जनाले तरवार प्रहार गरी पाठकलाई घाइते बनाएका थिए । ना ९ प ७७४० नम्बरको मोटरसाइकलमा आउदै गर्दा तरवारले आक्रमण गरी उहाको २ हात र खुटटामा आक्रमण गरेका थिए । घाइते पाठकलाई भरतपुरमा उपचार पछी थप उपचारको लागि काठमाण्डौ लगिएको छ । तरवार प्रहारको विरोधमा स्थानीयवासी, र एमाले कार्यकर्ताले चितवनको ठाउ ठाउमा अबरुद्ध गरेको पुर्ब पश्चिम राजमार्ग बन्द दिउसो २ बजेबाट फिर्ता लिइएको छ । घटनामा सलग्न भएको भन्दै २ जनालाई पक्राउ गरीएको र आबश्यक छानबिन भैरहेकोले आजका लागी बन्द फिर्ता लिइएको युवा सघका केन्दिय सदस्य प्रकाश ढुगनाले जानकारी दिनुभयो । केही दिन अघि कबिलास गोलीकाण्डमा मारीएका सन्जय लामाको परीवारले दायर गरेको मुद्धामा पिडित पक्षबाट बहस गदै आउनुभएका पाठक माथि आक्रमणलाई त्यस घटनासग जोडिएर हेरीएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI