Responsive Ad Slot

latest

बेचिनबाट बचिन्न एक यूबती

Thursday, September 15

/ by Admin BHOLA THAPA
तनहुँ भदौ २९ गते आफ्नै सासुबाट बेचिन लागेकी तनहुँको भानु गाविस–६ भन्सारकी एक युवतीलाई काठमाडौं प्रहरीले उद्धार गरेको छ । प्राप्त जानकारी अनुसार १९ बर्षिया रेखा दाहाललाई उनकै सासु ५४ बर्षिया सुर्यमाया दाहालले गत भदौ २० गते बेच्न भनि दलालसँग सल्लाह गरि काठमाडौं पठाएको पिडीत पक्षले आरोप लगाएको छ । गत भदौ २० गते सासु सुर्यकुमारीले आफुलाई ‘तलाँई मैले काठमाडौंमा राम्रो जागीर मिलाईदिएको छु, जा, तँलाई बसपार्कमा मैले चिनेको एक जना बहिनी लिन आउँछे, उसले जे भन्यो त्यहि गर’ भन्दै काठमाडौं पठाएकी थिईन् । आफ्नो पति हाल रोजगारको क्रममा साउदी अरबमा रहेको र घरमा सासु र देउरानीले राम्रो सँग खान लाउन पनि नदिएको हुँदा राम्रो काम पाउने आशमा काठमाडौं गएको रेखाले बताईन् । तीजमा लमजुङ जिल्लाको भार्ते गाविस–४ मा रहेको माईती गएर भदौ १८ गते घर फर्किएपछि सासु र देउरानीले फकाएर काठमाडौं पठाएको उनको भनाई छ । काठमाडौं जानेक्रममा डुम्रेमा स्थानिय शमशेर थापाले देखेपछि माईती पक्षलाई खबर गरेपछि मात्र घटना सार्वजानिक भएको पिडीतका बाबु पशुपती अधिकारीले बताए । उनले पछि छोरीको सासुसँग ‘मेरो छोरी खै’ भनेर सोद्धा ‘अर्कै केटासँग विहे गरेर गई’ भन्ने जवाफ पाएपछि आफुलाई छोरी बेचिन लागेको आशंका भएको बताए ।

Don't Miss
© all rights reserved
made with by netKUTI