कमल खत्री असोज ४ बेनी–दरबाङ्ग सडकखण्ड आजदेखी अनिश्चितकालका लागि बन्द भएको छ । अविरल बर्षाका कारण सडकहरु जीर्ण बन्दै गएकोले समितिको निर्णय बमोजिम अनिश्चिकालका लागि बन्द गरिएको म्याग्दी बस तथा जीप सञ्चालक समितिका सचिब सुमन श्रेष्ठले जानकारी दिनुभयो । २६ किलोमिटर लामो सडकखण्ड अन्र्तगत विभिन्न ठाउँमा खसेको पहिरोका कारण दुर्घटनाको श्रृङखला बढ्नुका साथै यात्रा असुरक्षित हुने भएकोले सम्बन्धित पक्षलाई दबाब दिने उद्देश्यले यस्तो काम गर्नुपरेको सचिब श्रेष्ठले जानकारी दिनुभयो । गत आईतबार १३ जनाको ज्यान जाने गरी बावियाचौरमा भएको मिनिबस दुर्घटनालाई लिएर सर्वत्र विरोध भईरहेको बेला समितिले यस्तो निर्णय गरेको बताईएको छ । दशैको चहलपहल वढेको समयमा यातायात वन्द भएपछी पश्चिम म्याग्दीका अधिकाँश गाविसका सर्वसाधारणहरु मर्कामा परेका छन । त्यस्तै बाग्लुङको तमान, लाम्मेला जाने सर्वसाधारणहरु समेत सडक बन्द भएपछि अप्ठ्यारोमा परेका छन् ।