Responsive Ad Slot

latest

प्रधानमन्त्री भट्टराइको भेटघाट

Wednesday, September 21

/ by Admin BHOLA THAPA
काठमाण्डौ, ४ असोज संयुक्त राष्ट्रसंघिय महासभामा भाग लिन अमेरिका पुग्नु भएका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले विभिन्न देशका नेताहरुसँगको भेटवार्तालाई जारी राख्नु भएको छ । यसैक्रममा प्रधानमन्त्री भट्टराईले बोलेभियाका राष्ट्रपति इभु मारालेससँग छलफल गर्नुभयो । उहाँहरुबीच दुई देशको आपसी सम्बन्ध र नेपालको शान्ति प्रक्रियासम्बन्धी छलफल भएको बुझिएको छ । त्यस्तै प्रधानमन्त्री भट्टराईसँग गयराति क्युबा र नर्बेका बिदेशमन्त्रीले छुट्टा छुट्टै छलफल गरेका छन । यस्तै प्रधानमन्त्री भट्टराई नेतृत्वको टोली आज राति अमेरिकी राष्ट्रपति बाराक ओबामाले दिने रिसेप्सन पार्टीमा सहभागि हुने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीले आगामी ७ गते मात्रै महासभालाई सम्बोधन गर्नुहुन्छ ।

Don't Miss
© all rights reserved
made with by netKUTI