भरतपुर असोज २ गते भर्नाको विषयलाई लिएर चितबनको भरतपुरमा रहेको मनकामना नसिङ्ग कलेजमा तोडफोड भएको छ । १० र१२ जनाको समुहमा मोटरसाईकलमा आएका यूबाहरुको समुहले तोडफोड गरेको कलेजले जनाएको छ ।यूबाहरुले २ ओटा कम्पुटर ,पिन्टर ,फोन लगायत भौतीक संरचनामा समेत तोडफोड गरेको बताइृएको छ ।बिसाल मरहठ्ठा नाम गरेका यूबकले हाम्रो बिज्ञप्ति अनुसार किन काम नगरेको भन्दै तोडफोड सुरु गरेको कलेज प्रशासनले बताएको छ । कलेजमा ३ दिन अगाडी अखिल क्रान्तिकारीको नाममा बिज्ञप्ति आएको श्रोत्रले बताएको छ ।