Responsive Ad Slot

latest

"फेवा साँस्कृतिकको तिज विशेष कार्यक्रम भव्यताका साथ सु-सम्पन्न ।"

Monday, September 12

/ by Admin BHOLA THAPA
नेपाली हिन्दु महिलाहरुको महान चाड हरितालिका (तिज) लाई बिदाई गर्दै कतारमा रहेका नेपाली महिलाहरुको माझमा गत सेप्टेम्वर ९, शुक्रबारका दिन दोहा स्थित दोहा सिटी प्लाजा होटलको सभाहलमा कास्की आदर्श सेवा समाजको मातहतमा रहेको फेवा सांस्कृतिक परिवार दोहा, कतार आयोजक तथा सह-आयोजकमा कास्कीकोट सहयोग सेवा समाज, प्रवासी हेमजा सेवा समाज (कास्की), रूपाकोट मुस्लीम सेवा समाज, सल्यानी सेवा समाज तथा निर्मलपोखरी सेवा समाजको आयोजनामा आयोजित "फेवा सांस्कृतिक को प्रवासमा हरितालिका (तिज) -२०६८" तिज कार्यक्रम भव्यताका साथ सु-सम्पन्न भएको छ। नेपाली राजदुतावास दोहा कतारका प्रथम सचिव श्री जय बहादुर राई ज्युको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा, नेपाली राजदुतावास दोहा कतारका श्रम सहचारी श्री ध्रुब कोइराला, गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका टाक्स फोर्स सदस्य टि. बि. कार्की, गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका नव निर्वाचित सदस्य डा. अजिजर रहमान शेख, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका नवनिर्वाचित अध्यक्ष अमृत गुरुङ, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका निवर्तमान सल्लाहकार संयोजक कमलमणि गुरागाई बिशेष अतिथिको रुपमा तथा गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद कतार च्याप्टरका नव निर्वाचित युवा सँयोजक उमेश अधिकारी, स्याङजा सहयोग समाजका अध्यक्ष एवं गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका नव निर्वाचित प्रथम उपाध्यक्ष गुरु नारायण रानाभाट, गुल्मी सेवा समाजका अध्यक्ष एवं गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका नव निर्वाचित सदस्य द्रोण बस्नेत, नेपाली जन प्रगतिशील मंच दोहा, कतारका अध्यक्ष होमनाथ शर्मा पौडेल, नेपाली जनजाती भेदभाव उन्मुलन साझा मंच दोहा कतारका अध्यक्ष भिम सुनार, पाँचथर सेवा समाज दोहा कतारका अध्यक्ष छबीरमण कटुवाल, महिला प्रतिनिधि श्रीमती रोजिना बाँस्तोला तथा युवा व्यवसायी समाजसेवी लक्ष्मण खतिवडा अतिथिको रुपमा तथा अन्य संघ संस्थाका प्रतिनिधि, व्यावसायी तथा बुद्धिजिवीहरु, यहाँ कार्यरत महिला दिदीबहिनीहरू लगायत संस्थाका संस्थापक, सल्लाहकार एवं सदस्यहरुको व्यापक उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि, सभापती, संरक्षक, बिशेष अतिथि तथा अन्य अतिथि गण बाट दीप प्रज्वलन तथा कार्यक्रम को ब्यानर अनावरण गरि कार्यक्रमको उद्दघाटन गरिए पछि आयोजकको तर्फबाट फेवा साँस्कृतिक परिवारका सह-संयोजक प्रकाश बि.क.ले स्वागत मन्तव्य राख्नुभएको थियो । महिला प्रतिनिधि श्रीमती रोजिना बाँस्तोला लगायत उपस्थित अन्य अतिथि गण, बिशेष अतिथिहरूले बधाइ तथा शुभकामना एवं तिज बिशेष मन्तव्य दिदै संस्थाले आफ्नो स्थापनाकाल देखि कतार स्थित नेपाली समुदाय समक्ष आफ्नो धर्म, सँस्कृती र चार्डपर्वहरूको स्मरण गर्दै विभिन्न साँस्कृतीक कार्यक्रमहरूको आयोजना गरि पुर्ण रूपमा भव्यताका साथ सफल पार्दै आएको तथा यस्ता तिज बिशेष कार्यक्रम भविष्यमा पनि आयोजित हुने अपेक्षा गर्दै कार्यक्रमको सफलताको कामना गर्नु भएको थियो । त्यस्तै, प्रमुख अतिथि श्री जय बहादुर राईले आफ्ना विविध कारणवश सात समुन्द्र पारी यो खाडी मुलुक कतारमा आफ्नो श्रम बेच्न बाध्य हामी प्रवासी नेपाली माझ हाम्रा चार्डपर्वहरूको महत्वको महशुस गर्दै यहाँ कार्यरत नेपाली समुदाय माझ आफ्नो धर्म, सँस्कृती र चार्डपर्वहरूको संरक्षण एवं उत्थान गर्ने हेतुले आयोजित यस्ता तिज बिशेष कार्यक्रम भविष्यमा पनि आयोजित हुने अपेक्षा गर्दै तथा उक्त तिज बिशेष कार्यक्रम सफल बनाई एक उदाहरणिय र क्रियाशील संस्थाको रूपमा परिचय दिएको कुरा उल्लेख गर्दै यसको निरन्तर सफलताको कामना गर्नु भएको थियो ।
संस्थाका सक्रिय सदस्य द्दय राम्जी गिरी एवं केदार कुँवर द्धारा संचालित सो कार्यक्रममा, दर खाने कार्यक्रमका साथमा फेवा साँस्कृतिक परिवारका महिला कलाकारबाट तिज बिशेष नाँचगानको प्रस्तुति एवं लोक दोहोरी गित पनि प्रस्तुत गरिएको थीयो । उक्त कार्यक्रममा उपस्थित महिला दिदीबहिनीहरूलाई नि-शुल्क दर खुवाईएको जानकारी कार्यक्रम संयोजक आश बहादुर गुरुङले बताउनुभयो । उक्त कार्यक्रममा फेवा साँस्कृतिक परिवारका कलाकार राजेन्द्र गजुरेल लाई स-सम्मान बिदाई पनि गरियो । सोही अवसरमा फेवा साँस्कृतिक परिवारका संयोजक तथा कार्यक्रमका सभापति आश बहादुर गुरुङ, संरक्षक राम प्रसाद गौतम, बिशेष अतिथि ध्रुब कोइराला लगायत अन्य अतिथि गणबाट दोसल्ला ओढाई सम्मान गरिएको थीयो । कार्यक्रमको अन्त्यमा फेवा साँस्कृतिक परिवारका संयोजक तथा कार्यक्रमका सभापति आश बहादुर गुरुङले समापन मन्तव्यको क्रममा उपस्थित, अतिथि गण, महिला दिदीबहिनीहरू लगायत सबैलाई धन्यवाद दिदै र उक्त कार्यक्रम सफल तुल्याउन सहयोग पुर्याउने सम्पुर्ण संघ संस्था तथा संस्थाका संस्थापक, सल्लाहकार एवं सदस्यहरुलाई धन्यवाद प्रकट गर्नु भएको थियो ।
Don't Miss
© all rights reserved
made with by netKUTI