Responsive Ad Slot

latest

आजदेखि इन्द्रजात्रा सुरु

Friday, September 9

/ by Admin BHOLA THAPA
काठमाडौ, भाद्र २३ - काठमाडौँ उपत्यकामा मनाइने इन्द्रजात्रा आज(शुक्रबार) देखि सुरु भएको छ । हनुमानढोकामा विशेष पूजा गरी आज बिहान नौ बजेर ३६ मिनेटको शुभ साइतमा इन्द्रध्वजा सहितको लिङ्गो ठड्याइएको छ । सो लिङ्गो ठडयाइएपछि इन्द्रजात्रा सुरु भएको मानिन्छ । यो आउँदो बिहीबारसम्म सञ्चालन गरिने छ । यही भदौ २५गते इन्द्रजात्राको मुख्य दिन मानिने गणेश,कुमारी र भैरवको विशेष पूजा र रथयात्रा सञ्चालन गरिन्छ । सो दिन काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइन्छ । सो अवसरमा नेपाली सेनाको बाजागाजा सहितको मङ्गलध्वनि र गुरुजुको पल्टनले लिङ्गो ठड्याउनुअघि तीन तोप र ठड्याएपछि अर्काे तीन तोप पड्काएको थियो । इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष मङ्गलकृष्ण मानन्धरले इन्द्रजात्राका लागि आवश्यक पर्ने लिङ्गो भक्तपुरको चितपोलबाट ल्याउने चलन रहेको बताए ।
इन्द्रजात्रा सुरु भएपछि नेवार समुदायका विभिन्न पर्व सुरु हुने गर्छ । आजदेखि हनुमानढोका अगाडि रहेको श्वेत भैरव र इन्द्रचोकमा रहेको भैरवलाई एकसातासम्म सर्वसाधारणको दर्शनका लागि खुला गरिन्छ । राजा गुणकामदेवको पालादेखि इन्द्रजात्राको प्रचलन सुरु भएको मानिन्छ । source: कान्तिपुर
Don't Miss
© all rights reserved
made with by netKUTI