Responsive Ad Slot

latest

दिनदहडै सुन लुट्नेलाई प्रहरीद्धारा सार्वजनिक

Wednesday, September 21

/ by Admin BHOLA THAPA
आश गुरुङ, लमजुङमा दिनदहडै सुन लुट्ने एक युवकलाई प्रहरीले पक्राउ गरि आज मंगलवार सार्वजनिक गरेको छ । चण्डिस्थान गाविस ८, मकैडाँडा घर भई वेसीशहर ३, चण्डिडाँडास्थित आफ्नो छोरीको घर जाने क्रममा ८० बर्षिया बसुन्धरी रिमालको कानको आधातोला सुनको रिङ लुटेर भागेका २० बर्षिय शन्तबहादुर विकलाई प्रहरीले पक्रेको हो । पीडित महिलासंग परिचित वेसीशहर ४, मयुमका विकले हिजो सोमवार अपरान्ह घरवाट आउँदै गरेकी बसुन्धरीलाई तहरे चौतारा भन्ने स्थानमा धकेलेर सुन लुटेर भाग्ने क्रममा विशेष सुराकीको आधारमा प्रहरीले गएराती विकलाई नियन्त्रणमा लिएको हो । विकले धकेलेपछि बसुन्धरीको बायाँ पाखुरामा चोट लागेको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएर प्रहरी कार्यालय ल्याएर सोधपुछ गर्ने क्रममा विकले सुन आफैँले लुटेको स्वीकार गरेका थिए । लुटिएको सुन उनीसंगै देखिएपछि पीडितको उजुरीको आधारमा उनीमाथि रहजनी चोरी अन्तगरत मुद्धा चलाईएको प्रहरी नायब उपरीक्षक सन्दिप भण्डारीले वताए । उनलाई मंगलवार अदालतमा गएर ३ दिनको म्याद समेत थप गरि ल्याएको सार्वजनिक कार्यक्रममा जानकारी गराईएको थियो ।
Don't Miss
© all rights reserved
made with by netKUTI