Responsive Ad Slot

latest

चितवन बिहानैबाट ठप्प

Thursday, September 8

/ by Admin BHOLA THAPA
चितबन भाद्र २२ आँफ्ना केन्द्रिय सचिवालय सदस्य एवं नारायणी अञ्चल ईन्चार्ज कमलराज पाठक माथि भएको आक्रमणको बिरोधममा युवासंघले आज चितवन बन्दको आव्हान गरेको छ । बन्दको बिहानै देखि प्रभाव परेको छ । बन्दका कारण यातायात,बजार,कलकारखाना र शिक्षण सँस्था सबै प्रभावीत भएका छन् । यूवा सँघका कार्यकर्ताहरु बिहानैदेखी नारायणगढ र भरतपुरका बिभिन्न ठाउँमा भेला भईरहेका छन् । यूवासँघले आज जिल्ला प्रशासन कार्यालय चितवनमा दोषीमाथी कडा कार्वाहीको माग गर्दै ज्ञापन पत्र बुझाउँदैछ । साथै चितवन बाहेक अन्य सबै सबै जिल्लामा १ घण्टा चक्काजामको कार्यक्रम पनि यूवासँघले तय गरेको सँघका केन्द्रिय सदस्य प्रकाश ढुंगानाले बताउनुभयो. । यसैबीच घटनाबारे छलफल गर्न आज चितवनका सबै राजनैतीक दलहरुको बैठक बस्दैछ ।बैठक केहिबेरमा बस्ने एमाले चितवनका अध्यक्ष कृष्ण खनालले जानकारी दिनुभयो । बैठकपछि दलहरुले प्रशासन कार्यालयमा शान्ति सुरक्षाको माग गर्दै ज्ञापन पत्र बुझाउने छन् ।यसअघि हिजो दुई वटा मोटरसाईकलमा आएका अज्ञात हतियारधारी समुहले पाठकलाई चितवनको टिकौली जंगलमा खुँडा प्रहार गरी गम्भिर घाईते वनाएका हुन । घाईते पाठकको अहिले काठमाण्डौमा उपचार भैरहेको छ ।


नारायण सापकोटा rjnarayan05@gmail.com
Don't Miss
© all rights reserved
made with by netKUTI