Responsive Ad Slot

latest

कतारमा छायांकन गरियो हविवी माफी मुश्किला

Monday, September 12

/ by Admin BHOLA THAPA
रवि रोषी नेपालका ख्यातीप्राप्त लोकगायक मिलन लामाको शव्द्ध संकलन र स्वरमा स्वरबद्ध भएको हविवी माफी मुश्किला बोलको गीतको छायांकन कार्य कतारमा सकिएको छ ।
पुट्टपुट्ट भुँडी लाछ खाना बेसीले
कालो थिएँ गोरो भाछु चिसो एसीले
खुशी छ दिल,
के को पीर लिनु व्यर्थै हविवी माफी मुश्किला
बोलको गीत कतारको विभिन्न रमणीय स्थलमा छायांकन गरिएको थियो । नेपालका चर्चित नृत्य निर्देशक शिव बि.क. को निर्देशन रहेको सो गीत हालसालै मात्र विमोचन भई अधिराज्यभरि आईसकेको राजधानी नामक एल्बममा अंकित सो गीतमा ठट्टा र यथार्थता दुवैको सम्मीश्रण रहेको बताए । यो गीत विशेषतः खाडी मुलूकमा रहेका नेपाली दाजुभाईहरुको अवस्थितीलाई मध्यनजर गर्दै आफुले समसामयिकी गीत तयार गरेको गायक लामाले बताए । देशको राजनीतिक कालखण्ड, समयकाल अनुसारको सान्दर्भिक गीत, पर्यटन प्रवर्धन सम्बन्धी गीत तथा राष्ट्रभक्ति गीत समेत संकलन गरी लेख्न चतुर गायक लामा खाडी मुलूकसंग जोडिएको अरबी शव्द्ध समावेश गरी बनाएको उक्त गीत कतारमा छायांकन गर्नुको औचित्य प्रष्ट पारे । नाच्ने भाकामा तयार पारिएको सो गीतले पनि सवै लोकगीत पारखीहरुको मन जित्ने उनले आशा लिएको बताउँदै शिघ्र नै यस गीतको सम्पादन कार्य सकेपछि दशैं अगाडि नै बजारमा ल्याउने जानकारी दिए । चितवन युवा समूह दोहा कतारको चितवन धमाका कार्यक्रमको सिलसिलामा कतार आएका उनी संस्थाबाट छायांकनको लागि सहयोग पाउने आशामा न्युन पारिश्रमिकमा आएको तर अपेक्षा गरेअनुसारको सहयोग नपाएको गुनासो गर्दै अन्त्यमा भने , आयोजकहरु सवै महिला कलाकारहरु लिएर तस्वीर खिचाउनमा नै व्यस्त भएकोले आगामी समयमा कतार आउँदा कुर्ता सुरुवाल लगाएर आउनु पो पर्छ कि ? ठट्यौलो पारामा आफ्नो अनुभूति पोखे ।
Don't Miss
© all rights reserved
made with by netKUTI