Responsive Ad Slot

latest

चितवनको वन्द खुल्यो,सुरक्षा बहाली सहित ७ बुदे माग पत्र

Thursday, September 8

/ by Admin BHOLA THAPA
नारायण सापकोटा , भाद्र २२ चितबन युवा संघका सचिवालय सदस्य तथा अधिवक्ता कमलराज पाठक माथी भएको आक्रमणको विरोधमा गरेको चितवन खुलेको छ ।बन्दले सर्बसाधरणलाई समस्या पारेको भन्दै यूबा संघले बन्द फिर्ता लिएको जनाएको छ । बन्द फिर्ताभए पनि आन्दोलनका कार्यक्रम भने जारी राख्ने यूबा संघ चितवनका अध्यक्ष प्रकाश ढुङ्गानाले बताउनु भयो ।बन्द खुलेपछि चितबनको जनजिबन सामान्य बन्दै गएको छ । वन्दका कारण लोमो तथा छोटा दुरीका सवारी साधन चल्न सकेका थिएनन् ।यस्तै बन्द अबज्ञा गरेको भन्दैं बन्दकर्ताहरुले आज चितवनमा दुईवटा सवारी साधान तोडफोड गरेका छन् । ना १ ह १२०३ नम्बरको टेम्पो र बा १ ख ८९६९ नम्बरको माइक्रोबसमा आज बिहान तोडफोड गरेका हुन् । पूर्वी चितवनको चैनपुर बाट नारायणगढ आउदै गरेका पाठकलाई हिजो विहान साढे १० बजे टिकौली जंगलमा मोटरसाइकलमा आएका हतियारधारीले आक्रमण गरेका थिए ।
  यसैबिच
चितवनका सात राजनितीक दलले जिल्लामा सुरक्षा बहाली सहित ७ बुदे माग पत्र स्थानिय प्रहरी र प्रशासनलाई आज बुझाएका छन् । हत्या , हिंसा जस्ता जघन्य अपराध श्रृंखलाबद्धरुपमा बढेकामा चिन्ता ब्यक्त गर्दै दलहरुले प्रमुख जिल्ला अधिकारी बसन्तराज गौतम र प्रहरी प्रमुख खिनु आचार्यलाई ज्ञापनपत्र बुझाएका छन् । प्रहरी र प्रशासनको भुमिका प्रति शंका ब्यक्त गर्दै आएका दलहरुले सरकारी अधिकारीहरुलाई कार्वाहीको माग समेत गरेका छन् । सरकारी अधिकारीहरुले अपराधिक समुह संग उठबस गरी सम्वन्ध र सम्पर्क कायम गरेको सुचना प्राप्त भएको दलहरुको ७ बुदे पत्रमा उल्लेख छ । जिम्मेवार अधिकारीलाई तत्काल कार्वाही गर्न माग सहित पेश गरीएको पत्र प्रधानमन्त्री र गृहमन्त्रालय लाई समेत बोधार्थ गरीएको एमाले चितवनका अध्यक्ष कृष्ण खनालले जानकारी दिए । दलहरुकै असन्तुष्टिका कारण यस अघि प्रहरी प्रमुख रविन्द्र शर्मालाई चितवनबाट सरुवा गरिएको थियो । अहिले दलहरु प्रमुख जिल्ला अधिकारीको सरुवा नभएसम्म अपराधिक समुह नियन्त्रणमा आउननसक्ने निचोडमा पुगेका हुन् ।

Don't Miss
© all rights reserved
made with by netKUTI