भदौ २६ पर्वत जिल्लाबाट घोषित चरणमा पुगेको हुवास नगरपालिका १८ वडा सहितको वडा बिभाजन प्रस्ताब गरिएको छ । पर्वत जिल्लामा कुश्मा नगरपालिका घोषणा भए लगत्तै जिल्लाबाट हुवास, फलेवास, मोदी, मल्लाज र ठुलिपोखरी गरि ५ वटा क्षेत्रलाई नगरपालिकामा प्रस्ताव गरिएको थियो । जसमध्ये स्थानिय विकास मन्त्रालयबाट हुवास र फलेवासको लागि वडा बिभाजन सहित नगरपालिकामा जाने सर्वदलिय सयन्त्रको निर्णय पठाउनको लागि निर्देशन प्राप्त भएको जिल्ला बिकास समिति पर्वतका योजना अनुगमन तथा प्रशासकिय अधिकृत कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो । प्रस्तावित हुवास नगरपालिकाका लागि नगर क्षेत्र निर्धारण सिफारिस समितिले प्रस्ताबित नगरपालिका भित्र भएका पूर्वाधार विकासको विवरण पेश गर्न अनुरोध गरेको छ । नगरपालिकाको लागि आवश्यक पर्ने अन्य पुर्वाधार कायम भएमा पर्वतमा ६ वटा नगरपालिका सहित २१ वटा गाबिस रहने छन् ।