Responsive Ad Slot

latest

सारा बनिन् मिस मगर तनहुँ

Saturday, September 17

/ by Admin BHOLA THAPA
कृष्ण न्यौपाने दमौली, ३१ भाद्र मिस मगर तनहुँ २०११ को उपाधि सारा राना मगरले जितेकी छन् । शनिबार राति मध्यान्हमा घोषित परिणाम अनुसार २० जना प्रतिस्पर्धीलाई पछाडि पार्दै साराले मिस मगर तनहुँको उपाधि जितेकी हुन् । उनलाई मिस मगर पोखरा २०११ की विजेता अनु थापाले ताज पहि¥याएकी थिइन् । साराले ताजसँगै १० हजार नगद, ट्रफी र प्रमाणपत्र जितेकी छन् । ‘जातीय भाषा, संस्कृतिको उत्थान, प्रतिभाको प्रस्फुटन हाम्रो अभियान’ मूल नाराका साथ नेपाल मगर संघ तनहँुको आयोजना र रिवर्थ इभेन्ट म्यानेजमेन्ट पोखराको व्यवस्थापनमा भएको मिस मगर तनहुँको फस्ट रनरअप सुशीला थापा मगरले जितिन् ।
उनलाई मिस मगर पोखराकी फस्ट रनरअप भूमा थापाले ताज पहि¥याइन । सुशीलाले नगद ७ हजार, ट्रफी र प्रमाणपत्र समेत पाएकी छन् । त्यस्तै पवित्रा थापा मगर सेकेण्ड रनर अप भइन् । उनलाई मिस मगर पोखराकी सेकेण्ड रनर अप किशोरी आलेले ताज पहि¥याएकी थिइन् । पवित्राले नगद ५ हजार, ट्रफी र प्रमाणपत्र समेत पाइन् । त्यस्तै पवित्रा सारु मगर थर्ड रनर अप घोषित भइन् ।
प्रतियोगितामा २१ जना प्रतिस्पर्धीले आ–आफ्नो प्रस्तुती दिएका थिए । जसका आधारमा टप १२ छनौट गरिएको थियो । टप १२ प्रतिस्पर्धीले चिठ्ठामा लेखिएका शीर्षकमा मन्तव्य दिएपछि निर्णायकहरुको मतका आधारमा ५ जना छनौट भएका थिए । तिनै मध्ये मिस मगर तनहुँको विजेता, फस्ट रनर अप र सेकेण्ड रनर अप घोषणा गरिएको थियो ।
तनहुँमै पहिलोचोटि आयोजना गरिएको मिस मगर तनहुँमा सहभागी २१ जना प्रतिस्पर्धीले विभिन्न विधामा पुरस्कार जितेका छन् । जसमध्ये बेस्ट स्माइलको उपाधि सन्जु थापा मगर, बेस्ट स्पिचको उपाधि अन्जु राना मगर, बेस्ट डान्सको उपाधि ज्योति थापा मगर, बेस्ट परफमेन्सको उपाधि नवीना राना मगर, बेस्ट पर्सनालिटीको उपाधि मन्जु थापा मगर, बेस्ट फ्रेन्डलीको उपाधि बबि थापा मगर, बेस्ट स्यामिङको उपाधि उर्मिला राना मगर, बेस्ट हेयरको उपाधि अम्बिका राना मगर, बेस्ट वाल्कको उपाधि आयुषा राना मगर, बेस्ट ट्रेनिङको उपाधि विष्णु माया थापा मगर, ब्युटिफूल कल्चर डे«सको उपाधि धना राना मगर, फोटो जेनिथको उपाधि सरीता आले मगर, बेस्ट कन्फिडेन्सको उपाधि इन्द आले मगर, डिसिप्लिनको उपाधि सरीता थापा, मदर ल्याङ्ग्वेयजको उपाधि देवी थापा मगर, भ्युअर च्वाइसको उपाधि कविता थापा मगर र बेस्ट ट्यालेन्टेडको उपाधि दमन्ती सारु मगरले जितिन् ।
प्रतियोगिताको निर्णायकहरुमा युवराज मास्की मगर, काशीम राना मगर र प्रतिमाया पुन मगर रहेका थिए । कार्यक्रमा लोकगीत, नृत्य, हाँस्यव्यङ्ग्य प्रस्तुतीले दर्शकलाई भरपूर मनोरञ्जन दिएको थियो ।
यसअघि मिस मगर पोखरा सम्पन्न गरिसकेको रिवर्थ इभेन्ट म्यानेजमेन्ट पोखराले छिट्टै नै बुटवलमा समेत मिस मगर प्रतियोगिता आयोजना गर्न लागेको रिवर्थका कोरियोग्राफर सुरज थापाले बताए ।

फोटो समावेश छ ।
 मिस मगर तनहुँकी विजेता सारा राना मगर (बीचमा), फस्ट रनर अप सुशीला थापा मगर (बायाँ) र सेकेण्ड रनर अप पवित्रा थापा मगर (दायाँ) ।
Don't Miss
© all rights reserved
made with by netKUTI