Responsive Ad Slot

latest

मुटुरोगबाट पीडित तामाङको उपचारमा सहयोग गरिदिन सार्वजनिक अपिल

Wednesday, September 7

/ by Admin BHOLA THAPA
दमौली भाद्र २१ तनहुँको पोखरीभाज्याङ(गाविस वाडा नं ४ निवासी बलबहादुर तामाङकी १८ वर्षीय छोरी फुसेन लामा तामाङ मुटुरोगबाट पीडित भएकोले छोरीको उपचारमा सहयोग गरिदिन पिता बलबहादुर तामाङले सार्वजनिक अपिल गरेका छन् ।  बिगत पाँच वर्षदेखि मुटुरोगले ग्रसित भई छोरी फुसेनको हाल शहिद गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौंमा परीक्षण गर्दा मुटु रोगको अप्रेसन गर्नुपर्ने र उनको लागि हस्पिटल अप्रेसन खर्च ४ लाख रुपैयाँ लाग्ने भएकोले उनले उक्त उपचारमा सहयोग गरिदिन सार्वजनिक अपिल गरेका हुन् ।
पीडित तामाङको आर्थिक स्थिति कमजोर भएकाले स्थानी गुठ्ठीबाट तामाङ गुठ्ठीयारहरुले सहयोग गरेर उनको उपचारको लागि हृदय रोग केन्द्रमा जाँच गरिएको फुसेनका मामा सनम तामाङले जानकारी गराउनु भएको हो । त्यस्तै उपचारका लागि सहयोग गर्न चहानुहुने महाभावहरुका लागि तामाङ सम्पर्क मोबाईल नं। ९८५६०६०१९५ ९८४६१६३९०९ मा सम्पर्क गरी सहयोग उपलब्ध गराउन सकिने पनि तामाङको परिवारले जनाएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI