Responsive Ad Slot

latest

कार खस्दा एकको मुत्यु, दुई घाइते

Monday, September 5

/ by Admin BHOLA THAPA
शिव शर्मा कास्की, भाद्र १९ - स्याङजाबाट पोखरा आउदै गरेको निजी कार कास्कीको पुम्दीभुम्दी, २ भिउप्वाइन्टबाट खस्दा सोमबार बिहान एक जनाको मुत्यु भएको छ ।

वागमति अञ्चलको वा, ५ प २६२२ नम्बरको कार सडकबाट अन्दाजी ५३ फिट तल खस्दा मुत्यु भएका व्यक्तिको नाम खुल्न सकेका छैन । कारमा सवार अन्य दुई जना मणिपाल शिक्षण अस्पतालका विद्यार्थी रहेकेा प्रहरी नायब उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए ।

भारत स्थायी ठेगाना भएका १८ वषिर्य महेश बिडी र गौतम एन रहेका छन् । टाउकोमा गंभीर चोट लागेका उनीहरुको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेकेा छ । साभार इकान्तिपुर बाट
Don't Miss
© all rights reserved
made with by netKUTI