लालप्रसाद शर्मा पोखरा, भाद्र २२ - स्याङजाको शिरुबारीबाट पोखरातर्फआईरहेको यात्रुबाहक बस दुर्घटनामा एक यात्रीको घटनास्थलमै मृत्यु भएको छ भने २४ घाइते भएका छन् । मृतकमा स्याङजाको पंचमुल गाविस- ९ हिलेगाउँका ३५ बर्षीय प्रसाद गुरुङ रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ना४ख ३३२१ नम्बरको बस पोखरासंगैको पुम्दीभुम्दी- २ मा बिहीबार दिउँसो साढे १२ बजेतिर सडकमै पल्टिएको थियो । घाइते सबैको पृथ्वीचोकस्थित चरक अस्पतालमा उपचार भैरहेको छ । घाइतेमध्ये ४ को अवस्था गंम्भीर रहेको अस्पतालले जनाएको छ । घाइतेमा ४ बालबालिकासहित अधिकांश महिला र एकै परिवारका चारजना रहेका छन् । घुम्ति र सा“घुरो सडकमा त्रि्र गतिमा चलाइएको र ब्रेक लगाउँदा बस पल्टिएको थियो । बस चालक छ्यामबहादुर गुरुङ प्रहरी हिरासतमा छन् ।