नारायण सापकोटा भाद्र २९ गते पोखरी भञ्ज्याङ् इन्सेक जिल्ला कार्यलय तनहँुको आयोजनामा पोखरी भञ्ज्याङ्ग गाविसमा आधारभुत मानवअधिकार तालिम सुरु भएको छ । गाविसमा रहेका सामुदायिक संस्थाका प्रतिनिधिहरुलाई दिईने सो तालिममा गाविसका ९ वटै वडाका सामुदायिक संस्थाका ३० जना प्रतिनिधिहरु सहभागि छन् । मावनअधिकार प्रबद्र्धन कार्यक्रम अन्तर्गत सो तालिमको आयोजना गरिएको हो । गाविसमा रहेको पोखरी भञ्ज्याङ्ग महिला बहुउदेश्यिय सहकारी संस्थाको कार्यलयमा आयोजना गरिएको सो तालिमको पोखरी भञ्ज्याङ्ग गाविसका सचिव हुतिमान विकले उद्घाटन गरे । कार्यक्रममा बोल्दै उनले सबै जनताले आफ्नो अधिकारको बारेमा जानकारी लिनु पर्ने बताए । ग्रामिण तहका जनतालाई मावनअधिकारको बारेमा सचेतना जगाउन इन्सेकले आयोजना गरेको तालिमले ग्रामिण क्षेत्रमा हुने गरेका मानवअधिकार हननका घटनामा कमि आउने उनले विश्वास व्यक्त गरे । उनले ज्ञान र चेतनाको अभावमा मानिसहरु आफ्नो अधिकारबाट बिमुख भईरहेको कारण यस खाले कार्यक्रमले नागरिकहरुलाई मानवअधिकार प्रति सचेत गराउने विश्वास ब्यक्त गरे ।