Responsive Ad Slot

latest

देउवा पक्षद्धारा संस्थापन पक्षको कडा प्रतिबाद गर्ने निर्णय

Wednesday, September 21

/ by Admin BHOLA THAPA
नारयण सापकोटा काठमाडौ ४ असोज रुणदल लगायतका भातृ संगठन विगठन भएपछि रुष्ट भएको देउवा पक्षधरको भेलाले संस्थापन पक्षको निर्णयको कडा प्रतिबाद गर्ने निर्णय गरेको छ देउवा निवास बुढानिलकण्ठमा भएको भेलाले संस्थापन पक्ष बिरुद्धको निर्णय पार्टी सहमति बितपरित भएको ठहर गर्दै कडा प्रतिबाद गर्ने निर्णय गरेको हो । बैठकले आजै अपरान्ह पार्टी कार्यालय गई धर्नामा बसेका नेताहरुलाइ भेटि प्रतिबद्धता जनाउने निर्णय गरेको एक सदस्यले बताएका छन् । देउवा पक्षधर नेताहरुको विरोध हुँदाहुँदै पनि हिजो केन्द्रीय कार्यसमितिले नेपाल तरुण दल, नेपाल महिला संघ, आदिवासी जनजाति संघ र प्रजातान्त्रिक सेनानी संघ बिघटन गरेको थियो । काँग्रेसले म्याद सकिएका भातृसंगठनहरुको म्यान नथप्ने निर्णय गरेपनि अनसनमा बसेका दुवै पक्षले पार्टी कार्यालयमा धर्ना दिइृरहेका छन् । म्याद नथप्न माग गर्दै अनसनमा बसेकाहरुले तत्काल तदर्थ समिति गठन गर्न माग गरेका छन । तर तत्कालिन कार्यसमितिलाई नै अधिवेशन गर्न दिनु पर्ने माग गरेर धर्ना बसेको अर्को समुहले भने नयाँ तदर्थ समिति आफ्नै नेतृत्वमा हुनु पर्ने माग गर्ने तयारीमा रहेको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI