![]() |
लड्खडाउदो पाईलाको आवाज र चप्पल पड्केको आवाजले ठूली झस्किदैं उठि र थनथनाउन थाली । आँखामा निन्द्रा त थिएन, झटपट ढोका खोली र ठुलाठुला आँखाले डीलेलाई हेर्दै थनथनाई, हे भगवान म के गरुँ ?यिनको यो बानी कहिले छुट्ने हो हँ ? किन त्यसरी हेरेकी ? कि म भूत हँु ? डिले झोक्किदै बोल्यो, होईन केही होईन पाईला अगि सार्दै ठूली बोली ।फेरि के तमसा बनाए कि भन्दै ठूले के भित्र पसेको थियो ड्याम्म गर्दै उ कुर्सी माथी पछारिन् पुग्यो।हतपत् गिलासमा पानी लिएर दिदै ठूली बोली लिनुस् पानी पिउनुस् । पिएर त आउँदै छु कति पिऊ हँ ?कति पिऊ, अब तैले पनि पिलाउन थालिस् हँ।ठूली केही बोल्न नपाउँदै डिलेले ठूलीको हातबाट पानीको गिलास खोसेर भित्तातिर फालिदियो।मसँग जिस्कन्छेस् हँ लोग्नेसँग बड्बडाउँदै उठ्यो र ठूलीतिर हात बढाउँदै मलाई मार्न चाहन्छेस् ?भन्दै ठूलीको कपालमा समाउँदै लछार पछार गर्न थाल्यो। ठूली आनो कपाल डिलेको हातबाट छुटाउनमा लागीरही र केही नलागेपछि आईया... आथ्था... भन्दै रुन कराउन थाली।
मध्यरातको यो आवाज सायद टाढै पुगेपनि मस्त निद्रामा भएर होला कसैको पनि कानमा पर्न सकेन।धेरै बेरपछिको यो आमाबाबुको लछार पछारले नजिकै खाटमा सुतिरहेका ५ बर्षिया छोरा कमल र ४ बर्षिया छोरी बिमला आत्तिदेै उठे।आनो आमा बाबुको त्यो खेल देखेर ती दुई पनि जोड जोडले रुन थाले।कमल आमालाई बाबुको हातबाट छुटाउन भनि खाटबाट उठी अगि बढ्यो र बाबुको हात समात्दै तान्न थाल्यो।यतिकैमा डिलेले कमललाई जोडले के धकेलेको थियो, कमलको टाउको खाटको खुट्टामा ठोकिन पुग्यो र हेर्दा हेर्दै उसको टाउकोबाट रगतको भेल बग्न थाल्यो।रगत देखेपनि ठूली आनो कुनै प्रवाह नगरी कमल तिर दौडींंं र कमललाई अंगालोमा लिदंै लौन नि मेरो बाबुलाई के भयो मेरो छोरा...डाँको छोडी रुन थाली, आनै छोरा रगताम्मे भएर भुईमा पल्टिरहेको देखेर बल्ल डिलेको होस ठाँउमा आयो, मात सबै उत्र्¥यो र उसका हात खुट्टा सबै काप्न थाले । उ केही बोल्नै नसकी मात्र हेरिरहयो।धेरै बेरको रुवाबासीले वरपरका छिमेकीहरु निन्द्रा खुलेपछि केही बेरमा नै रमिता हेर्नेहरुको त्यहाँ भिड लाग्यो।एकैछिनमा कोहीले कमललाई अस्पताल तिर लागे भने ठूली पनि छोरीलाई लिएर उतै लागिन्।ठूली अस्पतालमा रातभर रोएरै बिताई। बिहानपख बल्ल कमलको होस आयो।यता डिलेपनि छट्पटिदै रात बितायो ।
विमला र कमलको मुख हेरेर नै ठूली त्यो घरमा बस्न बाध्य थिई। विमला र कमलको भबिष्यको लागी नै ठूली त्यो ब्यवहारलाई पचाउदैं आएकी थिई।घर छोड्ने र आत्माहत्या गर्ने प्रयास ठूलीले नगरेकी पनि होईन आफु पढेलेखेकी भएकीले एकदिन त उसको ब्यवहारमा सुधार आउला र सुखको सास फेरिएला भनि आनो मनलाई समालेर बसेकी थिई।
समय आनै गतिमा बग्दै गयो तर डिलेको ब्यवहारमा कुनै परिवर्तन भएन।उ हररात झन झन बिग्रिन थाल्यो। उसले रातभर राक्षसी रुपधारण गरी रडाको मच्चाउथ्यो भने दिनमा कही पनि नभए जसरी छोराछोरी र पत्नीलाई अति नै माया ग¥थ्यो।मिहिनेत पनि धेरै ग¥थ्यौ र ठूलीले सबै दुःखलाई एकछिन भएपनि भुलेर आनो पतिको मायामा समर्पित हुन्थी।डिलेलाई सम्झाउँथी।तर डिलेको ब्यवहारमा भने कुनै परिवर्तन आउन सकेन।
सहनुको पनि कुनै एक सिमा हुन्छ।एकदिन होईन दुईदिन होईन सधंैको किचकिच र झै–झगडाले छिमेकी वाक्क भैसकेका थिए।आनो पतिको ब्यवहार अनि समाजबाट पनि अपहेलित हुन पुगेकी ठूलीको मनमा अब अनेक थरीका कुराहरु खेल्न थालेका थिए।अब उसलाई के गलत र के सही भन्ने पनि थाहा हुन छोडिसकेको थियो।दिनहरु आनै गतिमा बग्दै गए। एकदिन ठूलीले कमल र विमलालाई स्कुल जान रोकेपछि काममा जान लागेको डिलेले अचम्म मान्दै सोध्यो, आज स्कुल छुट्टी हो की क्या हो ? किन यिनीहरुलाई स्कुल नपठाएको ? होईन, ‘आज मलाई अलि सन्चो छैन त्यसैले मैले नै नजान भनेकी हुँ’, ठूली गम्भीर भएर बोली। त्यसो भए आज म काममा जान्न यिनीहरुलाई स्कुल जानदे, ठूले बोल्यो। पर्दैन बस्नलाई तिमी काममा जाऊ।लौत तेरो खुशी मलाई ढिला भयो भन्दै डिले त्यहाँबाट निस्क्यो। डिले गएको केही समयपछि ठूलीले दोकानमा गएर एउटा ठुलो ग्यालिनमा रक्सी लिएर आई र कमल अनि विमलालाई लिएर कोठा भित्र पसी र ढोकाको चुक्कुल लगाएर दनादन रक्सी पिउन थाली।कमल र विमलालाई पनि पिउन कर गरी।आनी आमाको बचन नकार्न नसकेपछि ती दुई अबोधहरुले पनि आमासँगै पिउन थाले, मात चड्न थालेपछि कमल र विमला रुन कराउन थाले।
चण्डाल्नीको रुप लिएकी ठूलीले आफुपनि पिई नै रही र ती अबोधलाई पनि डराई धम्काई पिलाई रही, ग्यालीन सबै रित्तियो, कमल र विमला बर्बराउदंै भुईमा लडिबुडी गर्न थाले र ठूली पनि वाक्क–वाक्क गर्दै छट्पटाउन थाली।
केटाकेटी र आइमाईको चित्कारको आवाज सुनेपछि मानिसहरुको त्यहाँ भिड नै लाग्यो र त्यहाँको दृष्य देखेपछि सबैलाई प्रष्ट भयो कि त्यहाँ के भएको थियो भनेर ।कोठामा ह्वासह्वास्ती रक्सी गनाईरहेको थियो, गिलासहरु र ग्यालिन भुईमा लडेकाथिए, कोठाका सामानहरु पनि यत्रछत्र छरिएका थिए भने ठूली, कमल र विमला रक्सीले मातेर भुईमा लडी बुढी गरिरहका थिए। यो दृश्य देखेपछि केही छिमेकीले उनिहरुलाई अस्पताल तिर लगे।खवर पाएपछि डिले पनि अस्पताल मै आईपुग्यो।
आनो छोराछोरी र पत्नीको यो अवस्था देखेपछि ग्वाँ ग्वाँ गर्दै रुनकराउन थाल्यो, हे भगवान मेरी ठूलीलाई बचाउनुस्, मेरो बाबु नानीलाई बचाउनुस् भनि छाती पिटिपिटि रोएको देखेपछि नजिकै बसेका एक छिमेकीले भन्न थाले ....खाँ....अझै खाँ... यो..झोल,यसैले नै यति राम्रा परिवारलाई मार्ने भईस र हामीलाई पनि बसिखान नदिने भईस।यतिकैमा डाक्टर त्यहाँ आईपुग्छ।डिले डाक्टरको खुट्टामा समात्दै भन्छ, डाक्टर साहेब मेरो परिवारलाई बचाउनुहोस् मेरै कारणले गर्दा यस्तो भएको हो, म अब कहिल्यै रक्सी खान्न र परिवारलाई पनि दुःख दिन्न भन्दै विलाप गर्न थाल्यो।माफ गर्नुहोला, हामीले आमालाई बचाउन सकेनौं, बच्चालाई भने हामी कोसिश गर्दैछौ भन्दै डाक्टर त्यहाँबाट लागे।डिले एकोहोरो डाक्टरलाई मात्र हेरिरहयो, उ केही बोल्नै सकेन,उसको वाक्य नै बन्द भयो उसको चारैतिर अन्धकार छायो।आकाश नै खसेर आफुलाई थिचेको उसले महसुस ग¥यो ।
धनेश्वर जि.सी. “भेल”
भरतपुर १ ठिमुरा, चितवन
मेल dhanu_gc2005@yahoo.com