रोजगारिको शिलशिलामा कतारमा २००४ मा प्रवेश गरेका सिन्धुपाल्चोक ठुलोधादिङ–९ मा ३५ वर्ष फुर्वा योञ्जनले कतारमा आएर पनि आÏनो कला र गलालाई निरन्तरता दिन पाउ“ला भन्ने सोचेका थिएनन । त आ“ट म पु¥याउछु भने जस्तै सानै देखी गायन र नृत्यमा रुचि भएका योञ्जन आफ्नो कला र गलालाई प्रस्तुत गर्ने अवसर कतारमा पनि पाए“ ।कतारमा नेपाली कला संस्कृतिलाई जर्गेन गर्न खोलिएको संघसंस्थाहरु मध्यको सन्ध्या ग्रुप अलखोरमा आवद्ध भएर उनले आÏनो कलालाई निखान पाए ।
साथीहरुसंग मिले २०५४ सालमा ‘बिहेको लगन’ लोक सेलो एल्वम निकालि सकेका योञ्जन कतारमा भने नृत्य निर्देशकको रुपमा परिचित छन । कतारको हिल्टोन कम्पनीमा पिन्टरको रुपमा कार्यरत योञ्जन आÏनो कतार बसाई विट मार्दै २९ अगष्टमा नेपाल फर्कर्दैछन् । उनै योञ्जनसंगको कुराकानी ।
सात वर्षको कतार बसाईमा के अनुभव गर्नुभयो ?
नेपाल बाट आउदा म बैदेशीक रोजगार मा जादैछु जस्तो लाग्थ्यो जब दोहा आए केही समय पछि आफ्नै देश भेषभुषा साथै मौलीकताहरु पाए । आफ्नो कलालाई झनै तिर्खान पाउदा अन्त्यन्दै खुसी लाग्यो मलाई ।नेपालका भए जस्तै यहा धेरै साथीहरुको माया पनि पाए । प्रावास भनेको हाम्रो एउटा कर्म थलो हो । प्रावासमा पनि आफ्नो देशको भेषभुषा तथा कलालाई अगाडी लैजानु पर्छ भन्ने मलाई लाग्छ । बिदेशमा स्वदेश जस्तो हु“दो रहेनछ केही पाउन धेरै मेहनत गर्नु पर्दो रहेछ भन्ने महसुस गरे ।
अब नेपाल गएर के गर्न सोच बनाउनु भएको छ ?
खासै भाबि सोच त बनाएको छैन,अब आफ्नै परिवार सगं बस्ने र समयको पावन्दि अनुसार कलाकारिता लाई ध्यान दिने सोचमा छु ।
विवाह भैसको हजुरको ?
हा हा हा... अ † भईसको भाई १ छोरा २ छोरी छन ।
कलाकारीतालाई पहिल्यैदेखि हो की कतार आएर मात्र ?
हजुर म आफ्नो खाली समयमा म कलाकारिता नित्यहरु ग्रिरहन्थ्थे तर कतार आएपछि धेरै ठुला–ठुला स्टेजहरुमा चिनिने मौका पाए ।
हजुर त गित पनि गाउनु हुन्छ ?
हजुर म यस क्षेत्रमा प्रवेश भएको गित गाएर नै हो । बास्तवमा भन्नु पर्दा हामी दुइ तिन जना मित्र भएर २०५४ सालमा लोक सेलो (बिहेको लगन) नामको एल्बम निकालेको थियौ ,यसैको सफलता पछि नित्य क्षेत्रमा प्रवेश गरे । हाल गायन भन्दा नृत्यमानै अगाडी छु ।
कतार आएर के पाए र के गुमाए जस्तो लाग्छ ?
कतार आएर मैले दर्शकहरुको मिठो माया पाए । पूर्व मेची देखी पश्चिम महाकाली सम्मका सम्पूर्ण मित्र दाजुभाई दिदीबैनीसंग चिनजान भयो । गुमाएको त परिवारको साथ नै हो ।
तपाई यह“ँ सम्म आईपुग्नुको श्र्रय कस्लाई दिन चाहनु हुन्छ ?
सर्वप्रथम त म गायन क्षेत्रमा अगाडी आएको हुनाले मलाई यस क्षेत्रमा दोलाखमा एक जना भेनाले क्लवमा लगेर गित गाउने अवसर मिलाई दिनु भयो र यो पहिल्य श्र्रय उहा“लाई नै दिन्छु ,साथै मैले गायन क्षेत्रलाई चटकै छाडेर नृत्य क्षेत्रमा प्रवेश गरे जसमा साधुराम प्यासी र प्रेम लोप्चन गुरुलाई दिन चाहान्छु । सुन पति थेतमैई क्लव इनिक्मा कला प्रतिष्ठानको सहायताले नेपालमा अगाडी बढने मौका पाए र कतार आए पछि सन्ध्या ग्रप लाई अगाल्ने अवसर पाए साथै आप्रावासी तामाङ सेवा समाजको पनि सहायतामा आफु भित्रका कलाहरु कतारका दर्शकहरु मझ पस्किने अवसर मिल्यो । श्र्रय चाही सन्ध्या ग्रप लाई नि चाहान्छु ।
तपाई खास के कारण ले नेपाल फर्कन लाग्नु भएको ?
सर्वप्रथम त सात वर्ष सम्म प्रवासी भुमीमा आफ्नो पसिना बेचे अब चाही आफ्नै देशमा बसेर केही गर्नु पर्छ भन्ने लक्ष्य बोकेर जादै छु ।
थप केही भन्न चाहनु हुन्छ ?
नेपाली भेस भुषा सँस्कृतिलाई ठेट रुपमा स्टेजहरुमा प्रश्तुत गरेर आफ्नो संस्कृतीको प्रचार प्रसारको जग्रेर्ना गर्नुहोस । यो हामी नेपालीको साझा कर्तब्य पनि हो र दर्शकहरुलाई मलाई जस्तै अन्य नेपाली लोक कला संस्कृती बादीहरुलाई माया गर्नुहोस भन्न चाहान्छु ।
प्रस्तुती –भोलाथापा क्षेत्री