NRNA कतारका विजयी जनजाति पदाधिकारीहरुलाई बधाई तथा सम्मान
बुधबल गुरुङ सेप्टेम्बर १८, दोहा ÷ कतारवासी आदिवासी जनजातिहरुको छाता संगठन नेपाल प्रवासी आदिवासी जनजाति महासंघ दोहा कतारको संघिय सचिवालय बैठक गत सेप्टेम्बर १४ का दिन बस्यो । विशेषतः बैठकले सेप्टेम्बर २ मा सम्पन्न भएको गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको चौथो महाधिवेशनको वारेका महासंघले खेलेको भूमिकाको बारेमा विस्तृत रुपमा छलफल गरी समिक्षा गरेको छ ।
महासंघका अध्यक्ष मान बहादुर सॉवॉ लिम्बुको अध्यक्षतामा बसेको बैठक महासचिव विनेश तामाङ्गले संचालन गरेका थिए । कतारवासी आदिवासी जनजाति ब्यक्तित्वहरुको उल्लेखनिय उपस्थिती रहेको उक्त बैठकमा एनआरएनए–एनसीसी कतारको चौथो राष्ट्रिय महाधिवेशन वारे विभिन्न विषयमा छलफल गर्दै महासंघबाट प्रतिनिधित्व गर्नु हुने नव निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा सम्मान गरेको छ ।
बैठकमा सहभागिहरुले आ–आफ्नो क्षेत्रबाट सम्पन्न जिम्मेवारीहरुको वारेमा विस्तृत चर्चा गरेका थिए । बैठकले आ–आफ्नो क्षेत्रबाट सहयोग पु¥याई उल्लेखनिय भुमिका निभाउनु हुने आदिवासी मित्रहरु, शुभचिन्तहरु, एनआरएनका पार्षदहरु, मिडियाहरु, महासंघका मातृ संस्थाहरु – नेपाल प्रवासी मगर संघ, कतार, किराँत याक्थुङ्ग चुम्लुङ्ग शाखा कतार, तमु बौद्घ सेवा समिति शाखा कतार, नेपाल प्रवासी तामाङ समाज कतार, किराँत राई यायोख्खा शाखा–कतार, थारु कल्याणकारीणी सभा कतार च्याप्टर, नेपाल प्रवासी दराई सेवा समाज कतार, प्रवासी शेर्पा संघ, कतार, नेपाल प्रवासी भुजेल सेवा समाज कतार, प्रवासी सुनुवार सेवा समाज कतार, नेवा पुचः कतार प्रति धन्यवाद प्रस्ताव पारित गरेको जनाईएको छ । साथै निर्वाचनमा विजयी गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको महासंघको तर्फबाट वार्ता समितिका संयोजक दिलकिरण खजुम सदस्यहरु विनेश तामााङ्ग र ईन्जिनियर विद्यानन्द चौधरीलाई पनि विशेष धन्यवाद दिईएको थियो ।
बधाई तथा सम्मान
महासंघ कतारको संघिय सचिवालय तथा समिक्षा बैठकले गत सेप्टेम्बर २ का दिन सम्पन्न भएको गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको चौथो महाधिवेशनबाट गरिमामय अध्यक्ष पदमा निर्वाचित हुनुहुने महासंघका प्रमुख सल्लाहकार अमृत गुरुङ लगायत सदस्यहरु सुजन गोले तामाङ्ग, दिपेन्द्र राई, कालमान वाईवा, तिलक घर्ति मगरलाई हार्दिक बधाईका साथ सम्मान गर्दै सफल कार्यकालको शुभकामना दिएको छ ।
सम्मानित हुदै नव निर्वाचित अध्यक्ष अमृत गुरुङले आफु अब सम्पूर्ण नेपालीहरुको साझा संस्थाको अध्यक्ष भएकोले मेरो कार्यक्रम अब समाबेशी रुपले सम्पूर्ण नेपालीहरु प्रति केन्द्रित हुने तर जनजातिका मुद्दाहरुबाट टाढा रहन नसक्ने कुरा प्रष्टयाउनु भयो । यसका साथै उहाले आफ्नो कार्यकालमा आदिवासी जनजातिहरुको सदैव साथ र सहयोग पाईरहनेमा विश्वस्त रहेको बताउ‘नु भयो ।
सम्मानित हुनुहुने अन्य सदस्यहरुले निर्वाचन अघि हामी पार्षदह्ररु पक्ष विपक्षको अवस्थामा थियौं तर अब गैर आवासिय नेपालीहरुको लागि आफ्नो क्षमताले भ्याए सम्म समान ब्यवहार गर्दै आदिवासी जनजातिले जुन भरोसा र विश्वासका साथ हामीलाई विजयी बनाउनु भएको छ त्यसको सदैव सम्मान र उच्च कदर गर्ने बताएका थिए ।