Responsive Ad Slot

latest

दुर्घटनामा चारको मृत्यु १२ घाइते

Monday, September 5

/ by Admin BHOLA THAPA
धादिङ, १८ भदौ । धादिङको कल्लेरी गाविसबाट खाल्टे गाविसतर्फ जाँदै गरेको ना १ ग ३३८ नम्बरको टाटा मिनिट्रक कल्लेरी गाविस-१ रामकुवा भन्ने ठाउँमा पल्टिदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ ।  आज अपराह्न ४:३० बजे भएको सो दुर्घटनामा तीन महिला र एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेको नाम अझै सनाखत हुन सकेको छैन । दुर्घटनामा परी अन्य १२ जना घाइते भएका छन् ।   घाइते सबैलाई स्थानीयबासीले उद्धार गरी उपचारका लागि स्वास्थ्य संस्थामा पठाएका छन् । घटनास्थल इलाका प्रहरी कार्यालय गजुरी र प्रहरी चौकी बैरेनीबाट चार घण्टा पैदल दुरीमा रहेको छ ।  घटनास्थलतर्फ प्रहरी टोली पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक दलबहादुर बोगटीले बताउनुभयो । साभारः पोखराटुडे डटकम
Don't Miss
© all rights reserved
made with by netKUTI