Responsive Ad Slot

latest

यति एयरलाइन्सको बिमान संभावित दुर्घटनाबाट बच्यो ।।

Sunday, September 11

/ by Admin BHOLA THAPA
पोखरा भदौ २५ काठमाण्डौबाट आज बिहान पोखरा आएको यति एयरलाइन्सको ९ एनएजेसी विमान
अवतरणका क्रममा समस्या देखिए पनि सम्भावित दुर्घटनाबाट बचेको छ । तीन  जनाको चालक दल सहित १५ जना यात्रु लिएर आएको यती एयरलाइन्सको जेटष्ट्रिम विमान अवतरणका क्रममा अगाडिको चक्काजाम भएपछि धावनमार्गमा नै रोकिएको थियो । बिहान ९ः५५ बजे पोखरा विमानास्थलमा अवतरण गरेको विमानको धावनमार्गमा मोडिनेक्रममा नोज ह्वील गियर लक भएको नागरिक उड्यन प्राधिकरण पोखराका उप–निर्देशक प्रताबाबु तिवारीले जानकारी दिनुभयो । चक्का जाम हुनु जटिलप्रकृतिको समस्या भएपनि धावन दुरी पुरा गरिसकेपछि मात्रै समस्या उत्पन्न भएका कारण ठूलो दुर्घटना हुुनुबाट बचेको नागरिक उड्यन प्राधिकरण पोखराले जनाएको छ । धावनमार्गमा ओर्लनु अगाडि वा धावन दुरी पार गर्नु अगाडि नै गियर लक भए जहाज अनियन्त्रित भई पल्टने र आग्लागी समेत हुनसक्ने बताईएको छ । धावनमार्गको मोडमा विमान रोकिएपछि झण्डै तीन घण्टा पोखरा बिमानस्थल अबरुद्ध भएको थियो । धावनमार्गमा विमान रोकिएपछि प्राधिकरणले काठमाण्डौबाट प्राविधिक झिकाएर मर्मत गरी दिउँसो १ बजेबाट उडान सुचारू
गरेको थियो ।
Don't Miss
© all rights reserved
made with by netKUTI