नारायण सापकोटा, भाद्र २७ पुर्वि चितवनको खैरहनिमा आज दिउ“सो ट्रकले मोटरसाईलकलाई ठक्कर दि“दा १ जना घाइते भएका छन् । पुर्वबाट पश्चिम तर्फ आउ“दै गरेको ना. ४ प ५०४ नम्वरको ट्रकले सोहि दिशाबाट आउ“दै गरेको ना. ९ प ९४०४ नम्वरको मोटरसाईलकलाई खैरहनी ४ राम जानकी पेट्रोलपम्प नजिकै ठक्कर दिएको हो । दुर्घटनामा मोटरसाईकल चालक स्थानीयबासी लक्ष्मण सापकोटा सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । घाइतेको स्थानीय मेडिकलमा उपचार भएको छ । ठक्कर दिने ट्रक र ट्रकका चालक इलाका प्रहरी कार्यालय रत्ननगरको नियन्त्रणमा रहेको प्रहरीले बताएको छ ।