कस्तो बिडम्बना!
दुध दिएर
आफुलेनै पालेको
सर्पले आफुलाइनै टोक्दो रहेछ!!
समस्याका जंघार नाप्दा नाप्दै
फुलेका यि केश यसै भन्छन्
अनि सत्रु भाइ हुन्न!!
आस्वासनका खोक्रा
नारा
अब हाँडीमा भुटे हुन्छ
बिष बिषनै हो
चाहे त्यो स्वर्गमै किन नफलोस्
कुकुरको पुच्छर
अनि
मानवको मती उस्तै हो !!
सुनेको छौँ
आधा गाग्री पानी
भरी भन्दा धेरै छचल्कीन्छ
हो ज्ञान पनि आधा भो भने
ज्यादाँ छछल्किन्छ
अल्प ज्ञान बिनाशको प्रतीक हो!!
हत्केलाले सुर्य छेक्छु भन्ने
भ्रम नपाले हुन्छ मनुख्य
हात्तीलाई कमिलाको उदाहरण
नदिए हुन्छ
एक पटक सोच त
तरवार जतीनै धारीलो भए पनि
त्यसले म्यानलाई काट्न सक्दैन !!
आँमाको लाम्टो चुस्दा भएन
किन बेकार बाबुको घुडाँलाई दु:ख
यती मात्र बुझेको भए
मरुभुमीमा ज्यान दिनु पर्ने थिएन !!
गाग्रो ठुलो हुँदैमा एक गाग्रीमा
समुन्द्र समेट्न सकिन्न
अब बुझे हुन्छ संसारलाई
फूल किन फूल्छ
भमराबाट बलात्कृत हुन
नत्र सुनगाभाले किरा मार्ने थैली
बोक्ने थिएन होला !!
त्यसैले फल खाने
बोट गन्ने होइन हामीले!!
मरुभुमीमा बसेर ,उर्वर सपना देख्नु
फगत हुनेछ
फगत सपनाले शान्ती भंग गर्नेछ
चिन्ता भय ,अनि भविष्यको कल्पना
आफ्नै चिता हुनेछ !!
किन कि जब सपना पूरा हुन्न
यो मन गंगा सरी आँशु बगाएर रुन्छ!!!
*****************************************
निराजन प्रभात लुइँटेल
झापा नेपाल
हाल दोहा कतार